झापा। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले साेमबार देखी जापनिज इन्सेफलाइटिस् विरुद्ध खोप लगाउन सुरु गरेको छ । जिल्ला जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताका अनुसार झापाका २ लाख ५० हजार बालबालिकालाई सो खोप लगाउने भएको हो ।
खोप अभियान असार ७ गतेसम्म चल्ने छ । झापामा दुई चरणमा खोप लगाउने कार्यक्रम अन्तर्गत माई पुर्वका गाविस तथा नगरपालिकामा आजदेखी खोप दिन सुरु गरिएको हो । माई पश्चिमका क्षेत्रमा भने जेठ ३१ गतेबाट खोप दिन सुरु गरिने छ ।
सम्बन्धित खोप केन्द्रमा लगी खोप अभियानमा आफ्ना बालबालिकाहरुलाई सहभागि गराउन मेहेताले आग्रह गर्नुभएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जापनिज इन्सेफलाइटिस्को संक्रमणमा ८५ प्रतिशत बालबालिका पर्ने गरेका छन् ।
१५ प्रतिशत १५ बर्ष माथि उमेर समूह पर्ने गरेको तथ्यांक रहेको छ ।
Facebook Comments Box