Author: admin

काठमाण्डाैं, जेठ २४ । युरो कपको वार्म अप खेलमा बेल्जियमले नर्वेलाई हराएको छ। गए राति भएको खेलमा युरोकप फुटबलको तयारीमा रहेको बेल्जियमले नर्वेलाई ३-२ ले हराउँदै प्रतियोगिताको राम्रो तयारी गरेको छ। बेल्जियमको जितमा रामेलु लुकाकु, इडन हजार्ड र लोरेन्ट सिम्यानले एक एक गोल गरे। नर्वेका लागि योशुआ किङ र भेटोन बेरिशाले एक-एक गोल फर्काए। बेल्जियमले आगामी सोमबार इटालीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ। यसैगरी आइतबार राति नै भएका अन्य खेलहरूमा स्विडेनले वेल्सलाई ३–० ले हरायो। टर्कीले स्लोभेनियालाई १–० तथा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराए। यस्तै रूस र सर्बियाले बराबरी खेले।

Read More

काठमाडौं, २४ जेठ। करिब सात वर्षअघि अष्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए । अष्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे –नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे । पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो । त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे । सम्बन्ध राम्रो भएका…

Read More

काठमाडौं, २४ जेठ। आफ्नै कान्छो छोरा भनेर सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरेको अभियोगमा अर्घाखाँचीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय युवालाई छान्छो छोरा भन्दै किर्ते नागरिकता प्रधान गरेको अभियोगमा हंसपुर ८ की ६० वर्षीय हिमकला भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो । कान्छो छोरा बनेर नागरिकता दिलाएका ती भारतीय युवाले हिमकलालाई अर्को पीडा पनि दिएका छन् । भारतीय नागरिकले हिमकलाकी छोरी सलएर भागेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

Read More

बारपाक, २४ जेठ । आफ्नै गाउँलाई केन्द्र बनाएर गतबर्ष वैशाख १२ गतेको भूकम्पले हानेपछि बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घर भुइँमा मिल्यो । विश्वकर्माको घरसँगै बारपाकका १४ सय ७० घर भत्किए माटोमा मिले , अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । विश्वकर्मा अरु भूकम्प पीडित जस्तै चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए । यही टहरोभित्र उनको तीन जनाको परिवारले वर्षदिन बिताए । एक बर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकोप्टर चढेर बारपाक पुगिन् । भुकम्प गएको ११ बजेर ५६ मिनेटकै घडीपला मिलाएर पण्डित ईश्वरीप्रसाद रेग्मीले वेदका ऋचा पढे । राष्ट्रपतिले गोपालको घरको जग पूजा गरिन्,…

Read More

काठमाडौं, २४  जेठ। एनसेलका प्रमुख कार्यकारीले कानुनको पालना नगरी बिजनेस भिषामा यहाँ काम गरिरहेको खुलासा भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुजित महतले समाचार लेखेका छन् । एनसेलको व्यवस्थापन टेलियाबाट एक्जियता, मलेसियामा हस्तान्तरण भएपछि आएका सीईओ सिमोन पार्किन्सले वर्किक भिषा लिएर काम गर्नुपर्नेमा बिजनेस भिषामा कार्यरत रहेको खुलासा भएको हो। ठूला करदाता कार्यालयले जेठ ६ गते नियुक्तिपत्र र भिषा स्टाटस सोधेर पत्र लेखेको थियो । जवाफमा एनसेलले पार्किन्स बिजनेस भिषामा रहेको जवाफ लेख्यो । विदेशी नागरिकले नेपालमा काम गर्दा वर्क परमिट लिनुपर्ने हुन्छ । काम गर्न उसको वर्किङ भिषा हुनुपर्छ । बिजनेसभिषामा जागिर खान पाइन्न । अरु भिषामा जागिर…

Read More

घोडामारास्थित सशस्त्र प्रहरी क्याम्पको पश्चिमपट्टि एक नगर अनेक उद्यान अन्तर्गत निर्माण गरिएको उद्यानमा प्रमुख अतिथिलगायत अतिथिहरुबाट ५० वटा सौन्दर्य दिने खालका विरुवाहरु रोपियाे ।

Read More

काठमाडौं । वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान  विरामी परि अस्पताल भर्ना  भएका छन् । आमाशय सुन्निएपछि उनको चार दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पतालमा पुगेर मन्त्री पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीको उपचारमा सम्भव सबै प्रयासहरु गर्न चिकित्सकलाई आग्रहसमेत गरेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । एमाले स्थायी कमिटिको आइतबार बसेको बैठकले पनि मन्त्री पासवानको स्वास्थ्य लाभको कामना गरेको छ ।

Read More

यसअघि पनि झापाको विर्तामोडमा भद्रपुर रोड विस्तार गर्दा सयौं रुख काटिए । तर ति रुखको बदलामा अन्य विरुवा कतै रोपिएन । विर्तामोडदेखि भद्रपुरसम्म सडक विस्तार गर्दा सयौं रुख काटिए । अहिलेसम्म न सडक विस्तारले पूर्णता पायो न सडक छेउमा अन्य विरुवा रोपिए । वातावरण संरक्षणमा कसैको ध्यान गएको पाइँदैन ।

Read More

बिर्तामोड, जेठ २३ । नेप्लिज टिन्स फेसबुक ग्रुपले सुशान्त बचाउ अभियान झापामा सुरु गरेको छ ।  ग्रुपले सुशान्त बचाउ अभियान शनिबारदेखि सुरुङ्गा बजारमा रकम संकलन गरेर सुरु गरेको नेप्लिज टिन्सका प्रतिनिधि एलिस तिवारीले जानकारी दिए ।  तनहुँ व्यास नगरपालिका–३, दमौली निवासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको छ ।  आर्थिक अवस्था कम्जोर भएसँगै औषधि उपचार गर्नसमेत नसकेको थाहा पाए पछि उपचारका लागि नेप्लिज टिन्सले यो अभियान चलाएको नेप्लिज टिन्सका प्रतिनिधि प्रज्ञा दाहालले सुनाइन् । सो अभियानबाट जम्मा ११ हजार छ सय ९८ रुपैयाँ संकलन भएको छ । 

Read More

मित्रपार्कबाट सातदोबाटो ललितपुर पुग्नु थियो । सडकमा सवारी खोजीयो । बा २ ज ११७१ नम्बरको ट्याक्सी भेटियो । ट्याक्सीमा थिए, खडक बहादुर ढकाल । होचो कद, हँसीलो मुहार । मेरो गन्तव्यसम्म पुर्याउन सहजै सहमति जनाए । कुराको सुरुवात मैले नै गरेँ । आफ्नो परिचय दिए । प्युठान घर, दुई छोरीसँगै हाल काठमाण्डौँमा बस्ने गरेको बताए । प्युठान भनेपछि मेरी बास्यैका भट्भटे माइलाबारे सुनाए । उनले मेरो अनुहार तिर हेरे । सायद ठम्याउन सकेनन् । भने, मेरी बास्यै त खुबै हेरीन्छ, मज्जाले हाँसीन्छ । बल्ल धुर्मुसलाई चिन्नुहुन्छ ? मैले सोधेँ । उनले दोहोराएर मेरो अनुहार हेरे । मुस्कुराउँदै, ए कस्तो धुर्मुसे…

Read More