बिर्तामोड, जेठ २३ । नेप्लिज टिन्स फेसबुक ग्रुपले सुशान्त बचाउ अभियान झापामा सुरु गरेको छ ।
ग्रुपले सुशान्त बचाउ अभियान शनिबारदेखि सुरुङ्गा बजारमा रकम संकलन गरेर सुरु गरेको नेप्लिज टिन्सका प्रतिनिधि एलिस तिवारीले जानकारी दिए ।
तनहुँ व्यास नगरपालिका–३, दमौली निवासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको छ ।
आर्थिक अवस्था कम्जोर भएसँगै औषधि उपचार गर्नसमेत नसकेको थाहा पाए पछि उपचारका लागि नेप्लिज टिन्सले यो अभियान चलाएको नेप्लिज टिन्सका प्रतिनिधि प्रज्ञा दाहालले सुनाइन् ।
सो अभियानबाट जम्मा ११ हजार छ सय ९८ रुपैयाँ संकलन भएको छ ।
Facebook Comments Box