काठमाडौं । वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान विरामी परि अस्पताल भर्ना भएका छन् । आमाशय सुन्निएपछि उनको चार दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पतालमा पुगेर मन्त्री पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रीको उपचारमा सम्भव सबै प्रयासहरु गर्न चिकित्सकलाई आग्रहसमेत गरेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
एमाले स्थायी कमिटिको आइतबार बसेको बैठकले पनि मन्त्री पासवानको स्वास्थ्य लाभको कामना गरेको छ ।
Facebook Comments Box