Author: admin
ताप्लेजुङ। ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ । बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार समितिको संवाददाता भइ कार्य गर्नु भएको थियो । उहाँले जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिका सञ्चालनमा ल्याउनुभएको थियो । त्रिहत्तर वर्षीय अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।
झापा । नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २५ कैदीले आम माफी पाएका छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका २५ जना कैदी आम माफी पाई आज कैद मुक्त भएका हुन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजाय भोग्दै आएका ४ महिला सहित २५ जना कैद मुक्त भएको झापा कारागारका जेलर यज्ञराज निरौलाले जानकारी दिनुभयो । राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६ अनुसार मन्त्री परिसदको सिफारिसका आधारमा देशका विभिन्न कारागारमा रहेका आठ सय ८७ जना कैदीवन्दीलाई कैद मुक्तको घोषणा गर्नुभएको थियो । जसमा झापा कारागारमा रहेका कर्तव्य ज्यानका १२ जना, ज्यान मार्ने उद्योगका…
एजेन्सी । ट्वीटरले धेरै प्रयोगकर्तालाई आफू तर्फ आकर्षित गर्न केही परिवर्तन गर्ने घोषणा गरेको छ । अब ट्वीटको एक सय ४० अक्षर सीमामा तस्बिर, भिडियो वा अरु कुनै अनलाइन सामग्रीको लिंक गनिने छैन । ट्वीटरका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ज्याक डार्सीले प्रयोगकताले सहजिलोसँग ट्वीट गर्न पाउन् र अरुले पनि ट्वीट बुझुन् भन्ने उद्देश्यले परिवर्तन गरेको जनाएका छन् । गएको दुई वर्षदेखि ट्वीटरले नयाँ प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न संघर्ष गरिरहेको छ । परिवर्तन अनुसार अब कुनै ट्वीटको जवाफ दिनका लागि एक सय ४० अक्षर सीमा गनिने छैन । सेटिङमा परिवर्तन गरेर पुरानो ट्वीटमा कमेन्ट गरेर वा केही नयाँ जोडेर रीट्वीट…
सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ । यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ । तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने २३ हजार ८ सय १७ रुपैँया खरदार र सुब्बाको भन्दा बढी हुन आउँछ । नयाँ बजेट घोषणापछि मुखिया तहको तलब १८ हजार ३ सय ३७, खरदार तहको तलब २२ हजार १ सय ६२ र सुब्बाको तलब २३ हजार ५ सय पुगेको छ । तलब वृद्धिपछि ग्रेडका…
काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताएकी छिन् । महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा प्राप्त अधिकार कार्यान्वयन गर्न र बाँकी अधिकार प्राप्तिका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने भन्दै त्यसका लागि सबै नेपाली महिला एक भएर लाग्नुपर्नेमा जोड दिइन् । “जारी संविधानले महिलाको धेरै अधिकारलाई सम्बोधन गरेकाले अब नेपाली महिला निरास हुने अवस्था छैन, नेपाली महिला आफ्नो अधिकार प्राप्तिका लागि जसरी एक भएका थिए त्यसरी नै अधिकार कार्यान्वयनका लागि लाग्नुपर्छ, ’सभामुखले भनिन् । सो अवसरमा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले महिलाले केही अधिकार प्राप्त गरेको अब बाँकी अधिकार…
काठमाडौं । केही दिन अघि अपहरणमा परेका सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीकाे संयुक्त टाेलीले भारतको माेतिहारीबाट सकुशल अपहरण मुक्त गरेकाे छ । व्यापारिक कामले बाराको वरियारपुर गएका केडिया साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए । अपहरणकारीहरुले उनी सवार गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । प्रहरी स्राेतका अनुसार उनकाे अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ भने दुईजना फरार भएका छन् । स्राेतका अनुसार याे अपहरण बिहारकाे निकै कुख्यात मानिएकाे समुहबाट गराइएकाे थियाे ।
बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्याको प्रयास गर्दा परिवारजनले भेटी उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको छ । बिहान करिब ७ बजे कोठामा एक्लै भएका बेला सिलवालले आत्महत्याको प्रयास गरेपछि परिवारले थाहा पाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । सिलवालको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको वृत्तका प्रहरी सहायक निरीक्षक रामविनय सिंहले जानकारी दिए । विसं २०१९ मा सिन्धुपाल्चोकको सेलाङ गाविसमा जन्मनुभएका साहित्यकार सिलवालले २०३९ सालमा बगर फाउन्डेसन खोली नेपाली साहित्यिक कृतिको प्रकाशन र ‘बगर’ र ‘नदी’ पत्रिका सम्पादन गर्दै आएका…
विर्तामोड । पत्रकार गोपाल काफ्लेलाई मातृ शोक परेको छ । काफ्लेकी आमा भगिरथा काफ्लेको आइबार विहान ५ बजे ७० बर्षको उमेरमा बाहुनडाँगी–५ निरगञ्जमा निधन भएको हो । केही दिन अघि स्वाशप्रश्वाशमा समस्या देखिए पछि उपचारका लागि धुलाबारी, बिर्तामोडमा बी एण्ड सी हुँदै धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको परिवार स्रोतले जनाएको छ । डाक्टरले सरुमा फोक्सोको समान्य समास्या हुन सक्ने अनुमान गरे पनि परिक्षण पश्चात ब्लड क्यानसर भएको हुनसक्ने बताएका थिए । शुक्रवारमात्र वीपीकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर ल्याएर उपचारका लागि भरतपुर लैजाने क्रममा आज उनको निधन भएको हो । मृतक भगिरथाकी चार छोरा, बुहारी, तीन छोरी ज्वाई रहेका…
पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस ।
अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सबिता न्यौपानेले धुर्मुस सुन्तली फाउण्डेसनलाई एकलाख एकहजार रूपैया सहयोग प्रदान गरेका छन् । आफ्नी छोरी वियंसा न्यौपानेको २८ मे, शनिबार परेको ११ औं जन्मदिनको अवसरमा उनले यो रकम प्रदान गर्ने घोषणा गरेका हुन्। धुर्मस सुन्तली फाउण्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत वस्तीका लागि न्यौपानेले यो रकम दिएका हुन् । ‘सीताराम कट्टेल धुर्मुसले नेपालमा साँच्चिकै नमूना भन्न लायक काम गरिरहेका छन्, उनलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,’ न्यौपानेले भने । त्यही भएर छोरीको जन्मदिनको अवसरमा गर्न लागिएको पार्टी रद्ध गरेर यो रकम प्रदान गर्न लागेका हुन्। धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा…