काठमाडौं । केही दिन अघि अपहरणमा परेका सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीकाे संयुक्त टाेलीले भारतको माेतिहारीबाट सकुशल अपहरण मुक्त गरेकाे छ ।
व्यापारिक कामले बाराको वरियारपुर गएका केडिया साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए । अपहरणकारीहरुले उनी सवार गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।
प्रहरी स्राेतका अनुसार उनकाे अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ भने दुईजना फरार भएका छन् ।
स्राेतका अनुसार याे अपहरण बिहारकाे निकै कुख्यात मानिएकाे समुहबाट गराइएकाे थियाे ।
Facebook Comments Box