विर्तामोड । पत्रकार गोपाल काफ्लेलाई मातृ शोक परेको छ ।
काफ्लेकी आमा भगिरथा काफ्लेको आइबार विहान ५ बजे ७० बर्षको उमेरमा बाहुनडाँगी–५ निरगञ्जमा निधन भएको हो ।
केही दिन अघि स्वाशप्रश्वाशमा समस्या देखिए पछि उपचारका लागि धुलाबारी, बिर्तामोडमा बी एण्ड सी हुँदै धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको परिवार स्रोतले जनाएको छ ।
डाक्टरले सरुमा फोक्सोको समान्य समास्या हुन सक्ने अनुमान गरे पनि परिक्षण पश्चात ब्लड क्यानसर भएको हुनसक्ने बताएका थिए ।
शुक्रवारमात्र वीपीकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर ल्याएर उपचारका लागि भरतपुर लैजाने क्रममा आज उनको निधन भएको हो ।
मृतक भगिरथाकी चार छोरा, बुहारी, तीन छोरी ज्वाई रहेका छन् । उनको दाहसंस्कार हिन्दु परम्परा अनुसार आज बिहान ११ बजे स्थानिय सुके निन्दा खोलाकामा गरिने परिवारले जनाएको छ ।
काफ्ले साझामञ्च मिडिया प्रालिद्धारा प्रकाशित साझामञ्च डट कम न्युज पोर्टल र साझामञ्च मासिक पत्रिकाका सम्पादक हुन् ।