सरकारी कर्मचारीको तलब वृद्धिसँगै अब कार्यालय सहयोगी (पियन) को तलब २३ हजार ८ सय १७ रुपैँया पुगेको छ । हरेक सरकारी कर्मचारीको आधारभूत तलबमा अब २५ प्रतिशतले बृद्धि भएको छ ।
यसरी बढेको तलबमा कर्मचारीले पाउँदै आएको महंगी भत्ता र ग्रेड थप हुने व्यवस्थालाई यथावत राखिएको छ ।
तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने २३ हजार ८ सय १७ रुपैँया खरदार र सुब्बाको भन्दा बढी हुन आउँछ ।
नयाँ बजेट घोषणापछि मुखिया तहको तलब १८ हजार ३ सय ३७, खरदार तहको तलब २२ हजार १ सय ६२ र सुब्बाको तलब २३ हजार ५ सय पुगेको छ । तलब वृद्धिपछि ग्रेडका कारण कार्यालय सहयोगीले पाउने २३ हजार ८ सय १७ रुपैँया खरदार र सुब्बाको भन्दा बढी हुन आउँछ ।
Facebook Comments Box