Author: admin
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा एक महिलाको सामुहिक बलात्कार भएको छ । आइतबार बेलुका ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारु सामुदायकी महिला बलात्कृत भएकी हुन् । चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिम तिर पर्ने स्थानमा घटना भएको हो । पीडित महिला भैँसी चराउन गएका बेला सशस्त्र प्रहरी बल विन्ध्यबासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेले आरोप लगाएका छन् । घटना स्थलमा सशस्त्र प्रहरी बल विन्ध्यबासिनी गणका जवानको एक जोर गेम ड्रेस, एक जोर चप्पल, चुरा तथा साबुन फेला परेको छ । सशस्त्रको गेम ड्रेस, चप्पल, चुरा भेटिएकाले सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुन सक्ने अनुमान गरिएको…
बुटवल । रुपन्देहीको देवदह–३, सेमरानामा रहेको एनसेलको टावरमा आगो लगाईएको छ । पेट्रोल र बोरा प्रयोग गरी एनसेलको टावरमा आगो लगाएका हुन । टावरमा कुनै पनि सुरक्षा नभएको मौका छोपी ताला फोडी एनसेलको टावरमा आगो लगाईएको बुटवल शाखाका म्यानेजर पवन कुमार सिंले बताउनु भयो । टावरबाट मेसिनमा जडान गरिने केवलमा आगो लगाईएको छ । आगोका कारण टावरमा लैजाने केवल पूर्णरुपमा जलेको अवस्थामा रहेको छ । सोही स्थानमा नेकपा माओवादीले प्रचारित एनसेल माथि कार्वाही किन भन्ने पर्चा समेत फेला पारिएको देवदह प्रहरी चौकीले जनाएको छ । उक्त पर्चामा एनसेलले राज्यलाई कर छलीगरी कर नबुझाएको, ग्राहकलाई अनावश्यक दुख दिने गरेको, कालो धनलाई…
मुम्बई । विगतका केही वर्षदेखि बलिउडमा नारीप्रधान चलचित्रहरूले निकै प्रंशसा बटुलिरहेका छन् । ‘कहानी’, ‘नीरजा’ जस्ता नारीप्रधान चलचित्रहरूलाई दर्शकले धेरै रुचाए अनि तिनले निकै राम्रो व्यापार गर्न सफल भएका थिए । सफलताको यही सूत्रलाई पछ्याउँदै किरण पिक्चर्सका निर्माताले आफ्नो आउँदै गरेको हिन्दी चलचित्र ‘सेभेन आवर्स टु गो’ चलचित्रमा अभिनेत्रीद्वय सन्दीपा धार र नताशा स्तानकोभीलाई मुख्य भूमिकामा खेलाएका छन् । द्वन्द्व र रोमाञ्चले भरिएको उक्त चलचित्रमा सोझी भूमिकामा देखा पर्ने गरेकी सन्दीपाले शक्तिशाली महिला प्रहरीको भूमिका निर्वाह गर्नेछिन् भने ‘डिजेवाले बाबु’ जस्ता आइटम गीतमा नृत्यकला प्रदर्शन गरेकी नताशा चाँहि रहस्यमयी महिलाको भूमिकामा देखा पर्नेछिन् । सौरभ वर्माद्वारा निर्देशित यस चलचित्रमा अभिनेता…
एजेन्सी । युक्रेनलाई पराजित गर्दै विश्व विजेता जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। युरोकप फुटबलमा विजयी सुरुवात गर्ने क्रममा विश्वविजेता जर्मनीले युक्रेनलाई २–० गोल अन्तरले पराजित गर्यो। समूह सी अन्तर्गतको आफ्नो पहिलो खेलमा युक्रेनलाई हराउँदा टोनी क्रुसको प्रदर्शन हेर्न लायक रह्यो। जर्मनीले खेलको १९ औँ मिनेटमा मुस्ताफीको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको इन्जुरी समयमा बास्टिएन स्वान्सटाइगरले गोल गर्दै जर्मनीलाई २–० को जित दिलाए। युरो कप फुटबलको उपाधिमा ह्याट्रिक गरिसकेको जर्मनीले सन् १९७२, १९८० तथा १९९६ मा उपाधि उचालेको थियो। तर, त्यसपछि भने युरो कप फुटबलको…
काठमाण्डाैं । एक दशकयता मुलुकमा कुखुराको मासु र अन्डा उपभोग ह्वात्तै बढेको छ। यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीब्र छ। नागरिक दैनिकमा समाचार छ। यी सबै फार्ममा गरी कति कुखुरा होलान्? तिनले वर्षमा कति चल्ला र अन्डा उत्पादन गर्लान्? सायद कसैलाई थाहा थियो। व्यावसायिक कुखुरापालनसँग जोडिएका यी र अन्य थुप्रै प्रश्नको उत्तर अब भने सहजै भेटिने भएको छ। केन्द्रीय तथ्यांक विभागले पहिलो पटक देशभरका फार्ममा कुखुरा र अन्डा गणना गरेको हो। विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा देशभर ६ करोड ८ लाख २६ हजार ८ सय ८० बटा कुखुरा व्यावसायिक प्रयोजनले पालिएका छन्।…
काठमाण्डाैं । उपसभामुख गंगाप्रसाद यादवको दबाबमा स्थानीय विकास मन्त्रालयले नियमविपरित एकै व्यक्तिलाई प्रमुख जिल्ला इन्जिनियर र स्थानीय विकास अधिकारीको जिम्मेवारी दिँदा सप्तरीको विकास निर्माण काममा अनियमितता बढेको छ। नागरिक दैनिकमा समाचार छ। शैक्षिक योग्यता ओभरसियर मात्र भएपनि राजनीतिक दबाबका आधारमा फाइल बढुवाबाट इन्जिनियर भएका प्रदीपबहादुरसिंह यादवलाई दोहोरो जिम्मेवारी दिएको पाइएको हो। ‘मन्त्रालयले विकास मर्म, भावना र नीति नियम ख्यालै नगरी एकै व्यक्तिलाई इन्जिनियर र एलडीओको जिम्मेवारी दिएको छ,’ नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारी भन्छन्,‘कसैले क्रसचेक नगर्ने भएकाले सप्तरीका आयोजनामा व्यापक आर्थिक अनियमितता बढेर जान्छ।’ नियमअनुसार जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियरले लागत इस्टिमेट, योजना अनुगमनसाथै प्राविधिक रिपोर्ट…
काठमाडौँ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन्। उनले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिए। ‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन्। पक्राउ गरेर…
काठमाडौँ । नयाँ संविधान जारीपछिको आठ महिनामा नेपालीसँग बिहे गरेका ४ हजार ५ सय ६३ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। उनीहरुले तराई मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन्। नागरिकता तथा राष्ट्रिय परिचय व्यवस्थापन शाखा हेर्ने गृह मन्त्रालयका सहसचिव विनोद केसीका अनुसार गएको वैशाखमा मात्र यी २० जिल्लाबाट ८ सय ९१ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन्। बैबाहिक अंगीकृत लिनेमा अधिकांश नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई मधेसका जिल्ला प्रशासकहरुले दिए। असोज ३ मा संविधान जारी भएपछि तराई मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनको संख्या बढ्दै गएको छ।
काठमाडौँको एक फर्निचर कम्पनीमा काम गर्दै गरेको अवस्थामा उनलाई सेनाले पक्राउ गरेको थियो । तर, उनको अवस्था अझै अज्ञात छ । अर्थात् उनी वेपत्ताको सूचीमा नै छन् ।
म्यानचेस्टर (बेलायत) । निवृत्तिभरण लिइरहेका एक कर्मचारीले म्यानचेस्टर शहर परिषद्बाट प्राप्त पत्र खोलेर आफ्नो मृत्यु भएको खबर पाउँदा आश्चर्यमा परेको खबर सार्वजनिक भएको छ । परिषद्ले ती पूर्वकर्मचारीलाई मृत घोषित गरी अबउप्रान्त निवृत्तिभरण पाउन योग्य नरहेको भन्दै पत्र पठाएको हो । ८३ वर्षीय मदनलाल कोसलाको श्रीमतीको नाममा पुगेको उक्त पत्रमा उहाँको श्रीमान्को मृत्युप्रति दुःख व्यक्त गर्दै परिषद्ले दिनेगरेको निवृत्तिभरण मदनलालको नाममा भएको र उहाँको अनुपस्थितिमा दिन नसकिने भन्दै श्रद्धाञ्जली सहितको जानकारी पठाएको हो । कोसलाकी श्रीमतीलाई अंग्रेजी लेखपढ गर्न नआउने भएकाले उहाँ आफैँले पत्र खोल्नुभएको थियो । यस्तो पत्र पाएपछि आफूहरू क्रुद्ध भएको कोसला परिवारले बतायो । परिषद्लाई यस गल्तीका बारेमा बताउँदा…