कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा एक महिलाको सामुहिक बलात्कार भएको छ । आइतबार बेलुका ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारु सामुदायकी महिला बलात्कृत भएकी हुन् ।
चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिम तिर पर्ने स्थानमा घटना भएको हो । पीडित महिला भैँसी चराउन गएका बेला सशस्त्र प्रहरी बल विन्ध्यबासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेले आरोप लगाएका छन् ।
घटना स्थलमा सशस्त्र प्रहरी बल विन्ध्यबासिनी गणका जवानको एक जोर गेम ड्रेस, एक जोर चप्पल, चुरा तथा साबुन फेला परेको छ ।
सशस्त्रको गेम ड्रेस, चप्पल, चुरा भेटिएकाले सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एक जनालाई पक्राउ गरेको जनाएको छ ।
Facebook Comments Box