काठमाण्डाैं ।
उपसभामुख गंगाप्रसाद यादवको दबाबमा स्थानीय विकास मन्त्रालयले नियमविपरित एकै व्यक्तिलाई प्रमुख जिल्ला इन्जिनियर र स्थानीय विकास अधिकारीको जिम्मेवारी दिँदा सप्तरीको विकास निर्माण काममा अनियमितता बढेको छ। नागरिक दैनिकमा समाचार छ।
शैक्षिक योग्यता ओभरसियर मात्र भएपनि राजनीतिक दबाबका आधारमा फाइल बढुवाबाट इन्जिनियर भएका प्रदीपबहादुरसिंह यादवलाई दोहोरो जिम्मेवारी दिएको पाइएको हो।
‘मन्त्रालयले विकास मर्म, भावना र नीति नियम ख्यालै नगरी एकै व्यक्तिलाई इन्जिनियर र एलडीओको जिम्मेवारी दिएको छ,’ नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारी भन्छन्,‘कसैले क्रसचेक नगर्ने भएकाले सप्तरीका आयोजनामा व्यापक आर्थिक अनियमितता बढेर जान्छ।’
नियमअनुसार जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियरले लागत इस्टिमेट, योजना अनुगमनसाथै प्राविधिक रिपोर्ट बनाई जिल्ला विकास समितिमा पठाउनु र्ने हुन्छ।
तर, सप्तरीमा ६ महिनादेखि जिल्ला प्राविधिक कार्यालय र जिल्ला विकास समितिको ‘डाडुपन्यु’ एउटै व्यक्तिको हातमा छ।
Facebook Comments Box