रुपन्देहीको देवदह–३, सेमरानामा रहेको एनसेलको टावरमा आगो लगाईएको छ । पेट्रोल र बोरा प्रयोग गरी एनसेलको टावरमा आगो लगाएका हुन ।
टावरमा कुनै पनि सुरक्षा नभएको मौका छोपी ताला फोडी एनसेलको टावरमा आगो लगाईएको बुटवल शाखाका म्यानेजर पवन कुमार सिंले बताउनु भयो । टावरबाट मेसिनमा जडान गरिने केवलमा आगो लगाईएको छ ।
आगोका कारण टावरमा लैजाने केवल पूर्णरुपमा जलेको अवस्थामा रहेको छ । सोही स्थानमा नेकपा माओवादीले प्रचारित एनसेल माथि कार्वाही किन भन्ने पर्चा समेत फेला पारिएको देवदह प्रहरी चौकीले जनाएको छ ।
उक्त पर्चामा एनसेलले राज्यलाई कर छलीगरी कर नबुझाएको, ग्राहकलाई अनावश्यक दुख दिने गरेको, कालो धनलाई सेतो बनाई पैसा विदेश लैजाने गरेको, अन्र्तराष्ट्रिय मापदण्ड पुरा नगरी नेपालको कानुन विपरीत हस्तक्षेप फैलाएको आरोप लगाईएको छ ।
Facebook Comments Box
