Author: admin
चारआली भद्रपुर सडकमा भने बर्षायाममा सवारी साधन गुड्न त परै जाओस त्यहाँ प्रतिकात्मक आन्दोलनका लागि सर्वसाधारणले सडकमा धान रोप्ने गरेका छन् । अहिले पानी परिरहेका कारण सडकमा परेका खाडलमा साना सवारी फँस्न थालेका छन् । ठूला सवारी साधनलाई भद्रपुर वा चारआली पुग्न घन्टौं लाग्न थालेको छ ।
बिर्तामोड । झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पाँचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै झापा शनिअर्जुन सालबारीका शेरबहादुर इङनामलाई शिक्षासेवाको पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष त्रिलोचन संग्रौलाले जानकारी दिए । त्यस्तै पत्रकारिता क्षेत्रको पुरस्कार पत्रकार महासंघ झापाका सचिव एकराज गिरीलाई प्रदान गरिने भएको छ । दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पत्रकार गिरी पूर्वाञ्चल दैनिकका सम्पादक तथा रेडियो नेपाल झापाका सम्वाददाता हुन् । संस्थाका उपाध्यक्ष…
सल्यान । सल्यानमा गुडिरहेको बसमा नचिनेका मानिसको समूहले ढुंगा हान्दा गाडी चालक घाइते भएका छन् । नेपालगञ्जबाट १६ जना यात्रु लिएर रुकुमका लागि छुटेको ना ५ ख १८३४ नम्बरको बसमा नचिनेका मानिसको समूहले शुक्रबार राति आक्रमण गरेको हो । उनीहरुले बसमा ढुंगाले हानेका हुन् । ढुंगाले लागेर चालक जिवराज विकको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । यातायात व्यवसायी बिचको विवादले आक्रमण भएको हुनसक्ने विकले बताउनुभयो । स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेपछि चालक विक गाडी लिएर रुकुम गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको छ ।
झापा । अमेरिकी प्रवास बस्दा सोच्दथेँ- अमेरिकाको जीवन तनावयुक्त छ, त्यसैले सिधासादा जीवन बाँच्न बरु घर फर्कनु बेश । तर घर फर्केको ९ महिना नपुग्दै सत्य उदघाटित भो । घरमा पो जीवन बढि तनावपूर्ण भैसकेकोरहेछ । राजनीतिमा हावि गुट; छलकपट; सत्तालिप्सा; बेइमानीले देश कहाँ पुग्ने हो भन्ने चिन्ता । बैंक; सार्वजनिक यातायात; अस्पताल अादि जस्ता सेवा प्रदायक कम्पनी या संस्थानदेखि सरकारी अड्डाअदातलसम्ममा सेवाग्राहीप्रति भै रहेको चरम उपेक्षा र लुटप्रति सबै सबैले अाँखा चिम्लेको असहाय अवस्थाको चिन्ता । देश र समाजमा ब्याप्त “मै खाउँ मै लाउँ…” प्रवृतिको चिन्ता; बन्द हडताल; नाकाबन्दी; ग्यांस सिलिण्डर; पेट्रोल लाइनको चिन्ता; छोराछोरी साथ हुनु अनि नहुनुको…
काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले शैक्षिक सत्र २०७३ ०७४ को शैक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । एक सूचना जारी गर्दै उच्च माध्यमिक शिक्षा परिषदले आउदो आ.ब.को शैक्षिक कार्यक्रम सार्वजनिक गरेको हो । उसले आफ्नो सम्बन्धमा सञ्चालित कलेजहरुलाई उक्त शैक्षिक कार्यतालिका लागु गराउन आग्रह समेत गरेको छ । परिषदको कार्यतालिकाअनुसार साउन १ गतेसम्म १२ कक्षाको भर्ना लिइसक्नुपर्नेछ भने साउन १५ भित्र कक्षा ११ को भर्ना कार्यक्रम तोकिएको छ । कक्षा ११ को कक्षा सञ्चालन साउन १६ गतेदेखि हुनेछ भने कक्षा १२ को साउन २ गतेदेखि कक्षा सञ्चालन हुनेछ । यस्तै २०७३ भदौं मसान्तभित्र कक्षा ११ को नयाँ भर्ना हुने विद्यार्थीको रजिष्टेशन…
काठमाण्डाैँ ,असार ४ । आधिकारिक ट्रेड युनियनको नेतृत्व कसले लिने भन्न] विवादका कारण एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। संगठनको कार्यालयमा शुक्रबार बसेको बैठकमा केही नेताले संगठनका अध्यक्ष पुण्य ढकालमाथि हातपात गरेपछि बैठक स्थगित गरिएको थियो। एक साताअघि सम्पन्न आधिकारिक ट्रृेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठन पहिलो हुँदै अत्यधिक स्थानमा विजयी भएको थियो। आधिकारिक ट्रेड युनियनमा जान गुटगत र धेरै आकंक्षी देखिएका कारण बैठकमा कुटाकुट भएको संगठनका एक नेताले बताए। एमाले निकट संगठनले आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ११ पैतिनिधि पाएको छ। अध्यक्षमा को जाने भन्ने गुटबन्दीका कारण…
काठमाण्डाैँ, असार ४ । सरकारले २०६८ साउनमा बढो तामझामका साथ जलविद्युत लगानी तथा विकास कम्पनी खोल्यो। यो सरकारको स्वामित्वमा रहेको सबैभन्दा कान्छो संस्थान थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ। जलविद्युत उत्पादन, वितरण तथा प्रसारण लाइनका आयोजनामा मात्रै सेयर र ऋण लगानी गर्न सरकारले स्थापना गरेको कम्पनी हाल निष्क्रिय प्राय: छ। १० अर्ब चुक्ता पुँजी रहेको कम्पनीले विभिन्न ८ जलविद्युत आयोजनासँग ३ अर्ब २३ करोड ६० लाख रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ, तर ऋण परिचालन निराशाजनक छ। जलविद्युत क्षेत्रमा लगानी गर्ने रकम विभिन्न बैँकको मुद्दती खातामा न्यून व्याजदरमा थुप्रिएर रहेको छ। सहवित्तीयकरणको नेतृत्व गर्ने बैंकले प्रवाह गर्ने…
झापा, असार ४ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी गर्नेहरुले आयोगसमक्ष सुरक्षाको माग गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। झापाको बिर्तामोडमा आयोगका सदस्य र बेपत्ता परिवारबीच शुक्रबार भएको छलफलमा उनीहरुले आफूहरुले दोषी किटान गरेर उजुरी गरिएकाहरुबाट आफूहरु असुरक्षित रहेको बताएका थिए। आयेगका सदस्य विष्णु पाठकले असुरक्षित महसुस गर्नेका लागि सुरक्षाका लागि लेखेर पठाउने बताए। २०५९ साल पुस १३ सम्झना अधिकारीलाई राज्यले बेपत्ता पारेको भन्दै उनका परिवारका सदस्यले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका छन्। सम्झनाका दाजु नेत्रप्रसाद अधिकारीले आफ्नी बहिनीलाई बेपत्ता बनाउनेहरु राज्यकै उच्च तहमा रहेको र उनीहरुविरुद्ध किटान गरेर उजुरी दिएको बताए। उनले भने,‘हामीलाई कि…
कस्तो अनौठो सम्बन्ध उनको अनि मेरो उनी कहीँ कतै मेरो अनुहारमा अँध्यारो मौलायो भने प्रकाश बटुल्छिन ताकि- प्रकाशझैँ चम्कियोस मेरो अनुहार । अनि म पनि पूजा गर्छु हाम्रो सम्बन्धको ताकि- यसैगरी चलिरहोस सात जन्म। अनि लेखियोस कथा प्रेमको जसरी लेखियो रोमियो-जुलिएटको। उनी भन्छिन – तिमीलाई थाहा छ ? हाम्रो माया पृथ्वि हो अनि हामी जुन र घाम ठिक त्यसैगरी जसरी पहरा दिन्छन घाम र जुन पृथ्वीलाई पालै पालो गरी। कहिलेकाँही त लाग्छ उनी म हुन र म उनी हुँ अनि दङ्ग पर्छु आँफै आखिर विज्ञानले सोचाइको धरातल कति फराकिलो बनाएछ। म भन्छु उनलाई कि हाम्रो सम्बन्ध परालको आगोझैँ हो किनकि…
आफ्ना छोरा बेपत्ता भएको पीडा पोख्दै युवराज ढुंगेलले भने, ‘खानेबेलामा त्यसैको याद आउँछ । सुत्नेबेलामा त्यसैको याद आउँछ । राति कसैले दैलो ढक्ढक्यायो भने पनि उही आयो होला भन्ने लाग्छ । कति दिनसम्म यो चिन्तामा बस्नु ?’