सल्यान । सल्यानमा गुडिरहेको बसमा नचिनेका मानिसको समूहले ढुंगा हान्दा गाडी चालक घाइते भएका छन् ।
नेपालगञ्जबाट १६ जना यात्रु लिएर रुकुमका लागि छुटेको ना ५ ख १८३४ नम्बरको बसमा नचिनेका मानिसको समूहले शुक्रबार राति आक्रमण गरेको हो ।
उनीहरुले बसमा ढुंगाले हानेका हुन् । ढुंगाले लागेर चालक जिवराज विकको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायी बिचको विवादले आक्रमण भएको हुनसक्ने विकले बताउनुभयो ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेपछि चालक विक गाडी लिएर रुकुम गएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको छ ।
Facebook Comments Box