Author: admin

१. चियाकफी सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । २. चकलेट राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा नकारात्मक असर पार्छ । यसमा चिल्लोपदार्थ र क्याफिनको मात्रा बढी हुन्छ । जसले निद्रामा बाधा पार्छ । ३. आइसक्रिम राती खाना खाएपछि डेजर्टको रुपमा आइसक्रिम खाने बानी मानिसहरुको हुन्छ । तर, आइसक्रिमले…

Read More

भक्तपुर ।  कृषिमन्त्री हरिबोल गजुरेलले राजनीतिक दलहरुले कालोबजारीयालाई संरक्षण गरेका कारण देशमा कालोबजारी मौलाएको बताएका छन्  । रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गजुरेलले भने ‘वर्तमान सरकारकै संरक्षणमा कालो बजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षणकै कारण कालो बजारी मौलाएको हो ।’ त्यस्तै गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि वैज्ञानिकहरु विदेश पलायन भएको बताए ।  राजनीतिक अस्थिरताका कारण वैज्ञानिकहरु विदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने बताउँदै देशलाई आवश्यक परेमा कृषि वैज्ञानिकहरु नेपालमै काम गर्ने बताएका हुन् । विदेशिन बाध्य भएका यूवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गरी जीवन जोहो गर्न सक्ने वातावरण…

Read More

काठमाण्डौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ । दाहाल निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनका बारे छलफल भएको थियो । शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न, मधेसी, थारु जनजातिलगायतको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको अध्यक्ष दाहालले बताएका थिए । भेटका क्रममा अष्ट्रेलियाली राजदूतले अष्ट्रेलिया भ्रमण स्थगन गरेको विषयमा चासो राख्दै सञ्चारमाध्यममा आए जस्तो स्थिति नभएको तथ्य अवगत गराएका थिए । उनले आफू नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र…

Read More

तोपगाछी । केर्खामा बौद्धधर्म सम्बन्धि विचार गोष्टि तथा जातिय संस्कारका बारेमा प्रशिक्षण सम्पन्न भएको छ । साङ्घे छोलिङ बौद्ध गुम्वा केर्खाको आयोजनामा आज(मंगलबार) भएको प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म समाजका केन्द्रिय अध्यक्ष थुब्तेन येशे गुरुङ सिर लामाले बौद्ध धर्म तथा जातिय संस्कार का बारेमा प्रशिक्षण दिए । कार्यक्रममा शैनिक गुम्बा गोलधापका रतन लामा, टासी छोलिङ बौद्ध गुम्वा माईधारका शेरबहादुर लामाले कार्यक्रमका बारेमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रम तोपगाछी, धरमपुर, लखनपुर र दमक बाट दुईसय पचास जना भन्दा बढी बौद्ध धर्मालम्बिहरुको उपस्थिति रहेको थियो ।

Read More

बिराटनगर ।  पुर्वमा गोल्छा अर्गनाइजेसनले विद्युतबाट चल्ने इ-बाइक भित्र्याएको छ । आरएमडि ट्रेडर्सले उक्त बाइक पुर्वमा भित्र्याउन लागेको हो । भेलोसिटी ब्रान्डमा नेपाली बजारमा ल्याइएको इ-बाइकका तीन मोडल उपलब्ध हुनेछन् । उक्त बाईक एक पटक चार्ज गरेपछि ५० किलोमिटर सम्म चल्ने छ । छोटो रुटमा उपयोगी हुने उक्त बाईकले वातावरण र इन्धन बचत गर्ने कम्पनीको दावी छ।

Read More

काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताउनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्व जननेता भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – “मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो, देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हो ।” शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँपिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उहाँले त्यस्तोखालको शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो । नयाँपिँढीलाई आफ्नो विषयअनुसार क्षमता उजागर गर्ने वातावरणको सिर्जना गर्न…

Read More

एजेन्सी ।  संयुक्त राष्ट्रसंघका अधिकारीले बढ्दो मानवीय आवश्यकता पूरा गर्नका लागि अन्तर्राष्ट्रिय एकता र लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । विश्वभरका मानिसको आधारभुत आवश्यकता बढ्दै गएको तर त्यसलाई सम्बोधन गर्ने स्तरमा प्रयास हुन भने नसकेको राष्ट्रसंघले जनाएको छ । यसले गर्दा विभिन्न क्षेत्रमा मानवीय संकटको अवस्था आउनसक्ने भएकाले विश्व समूदाय एकजुट तथा लचिलो हुनु पर्ने राष्ट्रसंघका उप महासचिव जेन एलिएसनले बताउनुभयो । टर्कीको राजधानी स्थानबुलमा गएको महिना भएको विश्व मानवीय सम्मेलनका सहभागीले एकता तथा लगानी बढाउनु पर्ने र मानवीय अवश्यकता पूरा गर्नका लागि विश्व समुदाय लचिलो हुनु पर्नेमा जोड दिएको उहाँले बताउनुभयो । विश्वका विभिन्न क्षेत्रमा चलेको द्वन्द्व, त्यसले…

Read More

रुकुम । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटाको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो । खाद्यान्न र नगदेबाली उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन सोमबार क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गरे । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको बताए ।

Read More

झिलझिले । जिल्ला विकास समिति झापाले चालू आर्थिक वर्ष २०७२/७३ को तेश्रो चौमासिक अन्तरगतको सार्वजानिक सुनवाई  साेमबार धरमपुरमा सम्पन्न गरेको छ । जिविस झापाको आयोजना तथा झापा युनेस्को संघ भद्रपुरको सहजीकरणमा धरमपुर गाविसमा भएको कार्यक्रममा सहभागीहरुले जिल्ला विकास समितिलगायत विषयगत कार्यालयहरुले प्रवाह गर्ने सेवा सुविधा, विकास निर्माणका साथै स्थानीय सेवाग्राहीका समस्या, जिज्ञासा सन्तुष्टी तथा अपेक्षा राखेका थिए । स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीहरुका जिज्ञासाको जवाफ जिल्लाका विषयगत कार्यलयका प्रमुखहरुले दिएका थिए । कार्यक्रमका सहभागीहरुले खुल्ला दिशामुक्त अभियान, सार्वजानिक शौचालयको अभाव, विद्युत विस्तार नभएको, विद्युत आपूर्ति नियमित नहुने, विद्युत मिटर समयमै उपलब्ध नभएको लगायतका विषयमा…

Read More

एजेन्सी ।    अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माकरीले सन्यासको घोषणा फिर्ता लिन स्टार स्ट्राइकर लियोनल मेस्सीलाई आग्रह गरेका छन् । राष्ट्रपति माकरीले मेस्सीलाई फोन गरेर राष्ट्रिय टिममा रहिरहन आग्रह गरेका हुन्  । राष्ट्रपति माकरीका प्रवक्ताले भने ‘राष्ट्रपतिले मेस्सीलाई फोन गरेर आफू राष्ट्रिय टिमको प्रदर्शनबाट खुसी रहेको बताउनुभयो र आलोचनाको पछि नलाग्न मेस्सीलाई आग्रह गर्नु भयो ।’ राष्ट्रपतिले मेस्सीलाई राष्ट्रिय टिम नछाड्न आग्रह गरेको उहाँका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले पनि मेस्सीलाई सन्यासको घोषणा फिर्ता लिन आग्रह गरेका छन् । मेस्सी सन् २०१८ मा विश्व च्याम्पियन बन्नका लागि रुस जानु पर्ने भएकाले उनले…

Read More