तोपगाछी । केर्खामा बौद्धधर्म सम्बन्धि विचार गोष्टि तथा जातिय संस्कारका बारेमा प्रशिक्षण सम्पन्न भएको छ ।
साङ्घे छोलिङ बौद्ध गुम्वा केर्खाको आयोजनामा आज(मंगलबार) भएको प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म समाजका केन्द्रिय अध्यक्ष थुब्तेन येशे गुरुङ सिर लामाले बौद्ध धर्म तथा जातिय संस्कार का बारेमा प्रशिक्षण दिए ।
कार्यक्रममा शैनिक गुम्बा गोलधापका रतन लामा, टासी छोलिङ बौद्ध गुम्वा माईधारका शेरबहादुर लामाले कार्यक्रमका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
कार्यक्रम तोपगाछी, धरमपुर, लखनपुर र दमक बाट दुईसय पचास जना भन्दा बढी बौद्ध धर्मालम्बिहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments Box