Author: admin

काठमाण्डौं ।  बीपी कोइरालाको उपन्यासमाथि बनेको चलचित्र ‘तीन घुम्ती’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रको नाम पनि पुस्तकबाट नै राखिएको छ । बाबुराम ढकालको निर्देशनमा बनेको चलचित्रमा इन्द्रमायाको भूमिकामा गरिमा पन्तले अभिनय गरेकी छिन् । कृतिमाथि बनेको उनी अभिनित यो दोस्रो चलचित्र हो । यो भन्दा अगाडि उनले अभिनय गरेको चलचित्र झोला सफल भएको थियो । चलचित्रमा गरिमा पन्तसँगै ध्रुव दत्ता, सुशान्त कार्कीको अभिनय रहेको छ । देशभर प्रदर्शनमा आएको चलचित्रको निर्माता भने राकेश अदुकिया हुन् । ट्रेलर हेर्नुहोस् ।  https://youtu.be/VAMG6KOV0uI

Read More

काठमाण्डौं ।   नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफू क्यानबाट बाहिरिने घोषणा गरेकी छिन् । आइसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध अनुमोदन गरेपछि घिमिरेले क्यानबाट बाहिर रहने घोषणा गरेकी हुन् । शुक्रबार ट्वीट मार्फत उनले भनेकी छिन्, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा बाहिर बसेर नै नेपाली क्रिकेटलाई बढी योगदान गर्न सक्छु, करोडौँ नेपलीको सपनासँग जोडिएको क्रिकेट लामो समय बन्दी बनाउनु दुरभाग्यपूर्ण छ, क्रिकेट संघको सम्पूर्ण जिम्मेवरीबाट बाहिर बस्ने निर्णय गरेको छु ।’ https://twitter.com/BhawanaCAN/status/748855056137461761 https://twitter.com/BhawanaCAN/status/748854803522990080 https://twitter.com/BhawanaCAN/status/748854468683325440

Read More

विर्तामाेड ।    वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा शुक्रबारबाट बिर्तामोडमा जेसीज सप्ताह शुरु भएको छ । सप्ताहअन्तर्गत उद्घाटन तथा रक्तदान शुक्रबार दुर्गा मन्दिर परिसरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले पानसमा दीप प्रज्ज्वलन गरी समारोहको उद्घाटन गरे । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी र बिर्ता लेडी जेसीजकी अध्यक्ष रजनी बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा समारोहकी संयोजक मीरा ओलीले स्वागत र किरण थापाले  आस्था वाचन गरेका थिए । सप्ताहकी मूल संयोजक पार्वता विमलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा  शारदा रिजाल, राधा सुब्बा, सुरेश बंशल, बलराम कार्की, ओमकृष्ण विमली, सार्दुल ओलीले शुभकामना मन्तव्य…

Read More

काठमाण्डौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टोलीले नेपालको क्रिकेट क्षेत्रको विकास र सहयोगका लागि नेपालका सम्बन्धित अधिकारीसँग छलफल गर्ने भएको छ । आइसिसीको बोर्ड बैठकका क्रममा नेपाल क्रिकेट संघ क्यानमाथि लागेको प्रतिबन्धको बारेमा जानकारी दिँदै आइसीसीका अध्यक्ष शशांक मनोहरले आइसिसीको उच्च प्रतिनिधिले नेपालका सम्बन्धित प्रतिनिधिसँग छलफल गरेर क्रिकेट क्षेत्रमा सुशासन तथा विकासका बारेमा जानकारी लिने बताएका हुन् । नेपाल आइसिसीको महत्वपूर्ण सदस्य भएको भन्दै उहाँले नेपालमा क्रिकेट साथै पूर्वाधार विकासमा निरन्तर सहयोग गरिरहने बताए । क्यानमा राजनीतिक हस्तक्षेप भएको र क्यान विवादमा फसेको भन्दै आइसिसीले गएको अप्रिलमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । यसैबीच साउदी अरेबिया आइसिसीको ३९ औं एसोसियट सदस्य…

Read More

दमक ।  रोटरी क्लव अफ दमकले झापा दमक १९ को सिंहदेबी उच्च माबिमा आधुनिक फिल्टर सहितको पानी ट्याङ्कीको ब्यवस्था गरिदिएपछि बिद्यार्थीहरुले शुद्ध पानी पीउन पाएकाछन् । यहाँ अध्यनरत ५ सय भन्दा बढि बिद्यार्थी तथा शिक्षकहरुले टुयुवेलको आयरनयुक्त पानी पीइरहेको पाएपछि यहाँ आधुनिक फिल्टर सहित पानी ट्याङ्की बनाएर शुक्रबार एक कार्यक्रमबीच बिद्यालयलाई हस्ताण्तरण गरिएको हो । रोटरी क्लव दमकका अध्यक्ष नबिन श्रेष्ठका अनुसार खानेपानीको फिल्टर, धारा, र ट्याङ्की निर्माणका लागि करिब १ लाख २० हजार खर्च भएको छ भने यसमा बिद्यालयले २० हजार आर्थिक सहभागिता जनाएको छ । धारा नपुगेको यस स्थानमा रोटरीका सदस्यहरुले आफैले सदस्यबाट उठाएको रकमबाट खानेपानीको ब्यवस्था मिलाइएको…

Read More

 झापा । पछिल्लो समय नेपालमा युवा पुस्ता माँझ म्यूजिक भिडियो निक्कै चाख र चासोको विषय बन्न पुगेको छ । दैनिक थुप्रै म्यूजिक भिडियोहरु सार्वजनिक भइरहन्छन् । छायाङ्कन भइरहन्छन् । केही समय अघिसम्म क्यासेट र डीभीडीमा सीमित गीत र म्यूजिक भिडियो अहिले क्षणभरमै विश्वभरी छरपस्ट हुन्छन् । प्रविधिको तीब्र विकाशसँग कुनै एक कार्यक्रमको आयोजना गरी क्यासेट र डीभीडी संग्रह विमोचन गर्ने दिन लगभग सक्किसकेको छ भन्दा पनि फरक नपर्ला । अहिले यूट्यूब च्यानलमार्फत गीत/म्यूजिक भिडियो सार्वजिक हुन्छन् । र, क्षणभरमै विश्वव्यापी हुन्छन् । अहिले म्यूजिक भिडियाको निर्माणमा नेपाली युवापुस्ताहरुको उल्लेख्य उपस्थिति देखिन्छ । नेपालमा म्यूजिक भिडियो छायाङ्कनको लागि…

Read More

काठमाण्डौं ।  पूर्वमन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका सल्लाहकार समितिका सभापति डा. मंगल सिद्धि मानन्धरको ७३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । विसं २००० साल कार्तिक २४ गते काठमाडौमा जन्मेका मानन्धरको शुक्रवार मृत्यु भएको हो । लामो समय एमालेको राजनीति गरेका मानन्धर पछिल्लो समय सङ्घीय समाजवादी पार्टीमा लागेका थिए । राष्टिय योजना आयोगको उपाध्यक्ष र मन्त्री बनेका मानन्धर एमालेले संघीयता सम्बन्धमा लिएको नीतिका कारण असन्तुष्ट थिए । मानन्धरको हृदयघातको कारण शुक्रवार बिहान नर्भिक अस्पतालमा मृत्यु भएको संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । राष्टिय योजना आयोगका उपाध्यक्ष समेत रहेका मानन्धरका श्रीमती, २ छोरा र एक छोरी छन्…

Read More

ललितपुर । ललितपुरको टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कूलको पर्खाल भत्किँदा दुई जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । प्लटिङ गरेको जग्गाको पर्खाल भत्किएर विद्यालय भवनको कोठा पुर्दा ९ वर्षकी कृपा राई र १० वर्षकी अन्जना पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका २४ जनाको ललितपुरको पाटन अस्पताल र बि एण्ड बी अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

Read More

झापा । ९४औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा असार १८ गते देशैभर वृहत मानव साङ्लो प्रदर्शन गरिने भएको छ । मेची महाकाली मानव साङलो प्रदर्शनको लागि देशैभर स्थापित सहकारी संघ–संस्था र विषयगत संघहरुले तयारी तीब्र बनाएका छन् । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तरर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । सोही अनुसार असार गते १८ गते, २ जुलाइका दिन नेपालमा मानव साङ्लो प्रदर्शन गर्न लागिएको हो । अन्तरर्राष्ट्रिय सहकारी महासंघको आह्वानमा ‘सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति’ मूल नाराका साथ विश्वभर मानव साङलो प्रदर्शन गर्ने कार्यक्रम छ । नेपालमा पनि महासंघको निर्देशनअनुसार यस्तो कार्यक्रम अन्य रचनात्मक क्रियाकलापसहित आयोजना गर्ने निर्णय भएको…

Read More

काठमाण्डौं ।  विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । विद्युत् महसुल निर्धारण आयोगले बिहीबार १ साउनबाट लागू हुने गरी महसुल बढाउने निर्णय गरेको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ । साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

Read More