काठमाण्डौं । पूर्वमन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका सल्लाहकार समितिका सभापति डा. मंगल सिद्धि मानन्धरको ७३ वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
विसं २००० साल कार्तिक २४ गते काठमाडौमा जन्मेका मानन्धरको शुक्रवार मृत्यु भएको हो ।
लामो समय एमालेको राजनीति गरेका मानन्धर पछिल्लो समय सङ्घीय समाजवादी पार्टीमा लागेका थिए ।
राष्टिय योजना आयोगको उपाध्यक्ष र मन्त्री बनेका मानन्धर एमालेले संघीयता सम्बन्धमा लिएको नीतिका कारण असन्तुष्ट थिए ।
मानन्धरको हृदयघातको कारण शुक्रवार बिहान नर्भिक अस्पतालमा मृत्यु भएको संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
राष्टिय योजना आयोगका उपाध्यक्ष समेत रहेका मानन्धरका श्रीमती, २ छोरा र एक छोरी छन् ।
Facebook Comments Box