ललितपुर । ललितपुरको टौखेलमा रहेको पुष्पाञ्जली बोर्डिङ स्कूलको पर्खाल भत्किँदा दुई जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।
प्लटिङ गरेको जग्गाको पर्खाल भत्किएर विद्यालय भवनको कोठा पुर्दा ९ वर्षकी कृपा राई र १० वर्षकी अन्जना पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते भएका २४ जनाको ललितपुरको पाटन अस्पताल र बि एण्ड बी अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
Facebook Comments Box