दमक । रोटरी क्लव अफ दमकले झापा दमक १९ को सिंहदेबी उच्च माबिमा आधुनिक फिल्टर सहितको पानी ट्याङ्कीको ब्यवस्था गरिदिएपछि बिद्यार्थीहरुले शुद्ध पानी पीउन पाएकाछन् । यहाँ अध्यनरत ५ सय भन्दा बढि बिद्यार्थी तथा शिक्षकहरुले टुयुवेलको आयरनयुक्त पानी पीइरहेको पाएपछि यहाँ आधुनिक फिल्टर सहित पानी ट्याङ्की बनाएर शुक्रबार एक कार्यक्रमबीच बिद्यालयलाई हस्ताण्तरण गरिएको हो ।
रोटरी क्लव दमकका अध्यक्ष नबिन श्रेष्ठका अनुसार खानेपानीको फिल्टर, धारा, र ट्याङ्की निर्माणका लागि करिब १ लाख २० हजार खर्च भएको छ भने यसमा बिद्यालयले २० हजार आर्थिक सहभागिता जनाएको छ । धारा नपुगेको यस स्थानमा रोटरीका सदस्यहरुले आफैले सदस्यबाट उठाएको रकमबाट खानेपानीको ब्यवस्था मिलाइएको रोटरियन डा. मुक्तिनाथ भट्टराईले बताउनु भयो ।
खानेपानीको संरचनाहरु बुझ्दै बिद्यालयका प्राचार्य रुद्रप्रसाद सुबेदीले यस कार्यले बिद्यार्थी र शिक्षकले शुद्ध पानी पीउने अवस्था मिलेको बताउनु भएको थियो । कार्यक्रममा बिद्यालयका साहयक प्राचार्य घनश्याम अधिकारी, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल लगायतले बोल्नु भएको थियो । यसैबीच शुक्रबार नै रोटरी क्लव अफ दमकले झापाको दमक ५ स्थित बेलडाँगीमा भएको आगलागि पीडितहरुलाइ रु २१ हजार प्रदान गरेको छ । सदस्यहरुबाट रकम संकलन गरेर सहयोग गरिएको रोटरियन सन्दिप चापागाईले बताउनु भयो ।
यसभन्दा अगाडि झापा र इलामको बिभिन्न सातवटा बिद्यालयमा प्राथमिक उपचारका सामान उपलब्ध गराएको समेत सो अवसरमा जानकारी गराइएको थियो ।