Author: admin

काठमाडौं ।  त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ । विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आड हजार डलरसहित पक्राउ गरेको छ । असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आड हजार डलरसहित पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेला पारेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

एजेेन्सी ।  बंगलादेशले ढाकामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमण परि ज्यान गुमाएकाको सम्झनामा दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । आइएसले शुक्रबा राति राजधानी ढाकाको एक क्याफेमा आक्रमण गर्दा २० जनाको ज्यान गएको थियो । आक्रमणकारीले क्याफेमा आक्रमण गरी त्यहाँ रहेका मानिसलाई बन्धक बनाएर त्यसपछि हत्या गरेका हुन् । ज्यान जोनमा अधिकांश विदेशी नागरिक छन् । यस्तै दुई जना प्रहरी अधिकारीको पनि ज्यान गएको सरकारी अधिकारीले जनाएका छन् । घटनामा ३० जना घाइते भएका छन् । बंगलादेशको सैनिकले बन्धक बनाइएका १३ जनालाई १२ घण्टापछि सकुशल उद्धार गरेको थियो । घटनामा ज्यान जानेमा नौ जना इटाली, सात जना जापान,…

Read More

काठमाण्डाैं ।   माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ। आजको नयाँ पत्रिकामा छापिएको खबर अनुसार प्रचण्डले बैंठकमा ब्रिफिङ गरेको कुरा यस्तो छ- एमालेसँग वामपन्थीहरूको सरकार बनाउने, लामो समयसम्म सहकार्य गरेर जाने उद्देश्यका साथ दुवै पार्टीका शीर्ष नेताको टिम नै बसेर निष्कर्षमा पुगेका थियौँ। शान्तिप्रक्रियाका मुद्दा, संविधान कार्यान्वयनलगायतका विषयमा केन्द्रित रहेर साझा अवधारणासहित सत्तागठबन्धन बनाएका हौं। तर, उसले सहमति कार्यान्वयन गरेन। फेरि वैशाखमा नौबुँदे लिखित सहमति गर्‍यौँ। त्यसैवेला दुई पार्टीबीच तीनबुँदे भद्र सहमति पनि भएको थियो । त्यो सहमतिमा सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म ओलीजी प्रधानमन्त्री हुने…

Read More

खाँदबारी ।   छिमेकी देश चीन जानका लागि जिल्ला प्रहरी कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको खबर आजको अन्नपूर्णमा छापिएको छ। सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षत गौतमकुमार केसीले शुक्रबार खाँदबारीमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हातबाट दुई जनालाई व्यवस्थित पास उपलब्ध गराएका छन् । यो पास सीमा प्रहरी चौकीले नेपालीलाई मात्र उपलब्ध गराउँछ।

Read More

काठमाण्डाैं ।   साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन्। पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् । परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो। बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो । स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका कारण बच्चालाई असर परेको हुन सक्ने बताएको खबर आजको राजधानी दैनिकमा समाचार छ। आर्थिक अवस्था दयनीय भएका कारण जिल्ला अस्पतालसम्म पुर्‍याएर सुत्केरी गराउने क्षमता उनका श्रीमान् पासवान नेपालीसँग भएन। त्यसपछि दुईै दिन मिठु घरमै…

Read More

काठमाण्डौं ।  एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले नीजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका लागि अझै नाम सिफारिस गर्न सकेको छैन । जेठ १९ गते भएको चुनावमा सबैभन्दा ठूलो संगठनका रुपमा विजयी भएपनि संगठनको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ जना सदस्यमा कसकसलाई पठाउने भन्नेबारेमा सहमति हुन नसक्दा सिफारिस गर्न नसकिएको संगठनका अध्यक्ष पुण्य ढकालले जानकारी दिए । नाम टुंगो लगाउन असार ३ गते बसेको बैठकमा विवाद हुँदा पूर्व अध्यक्ष भोला पोखरेल पक्षले अध्यक्ष ढकाललाई हातपात गरेपछि स्थगित भएको बैठक फेरि बस्न सकेको छैन । संगठनको अध्यक्षमा ढकाल र पोखरेलसहित गणेश बस्याल र लक्ष्मणबहादुर खड्काले पनि दाबी गरेका छन् । संगठनको अध्यक्ष…

Read More

एजेन्सी ।   भारतको इंदौरमा डाक्टरहरुले एक जना बालकको टाउकोमा नाक उमारेर प्रत्यारोपण गर्न सफल भएका छन् ।  डाक्टर अश्विनी दासको समूहले एक वर्ष लगाएर बालकको नाक प्रत्यारोपण गर्न सफल भएका हुन् । टाउकोमा नाक उमार्न भने तीन महिना लागेको थियो । भारत उज्जैनका बालक अरुण पटेलको सानै छँदा डाक्टरले गलत निन्जेक्सन लगाएका कारण मांशपेसी गल्ने समस्या देखिएको थियो । यसैले उनको पुरै नाक गलेर झर्‍याे । रोगले नाक गुमाएका उनी घर बाहिर कतै जाँदैनथे । नाक नभएको बालक देखेर गाउँका मानिसहरु अनेक कुरा गर्थे । जसले अरुणलाई थप समस्यामा पाथ्र्यो । यसरी नै १२ वर्ष बित्यो । गाउँकै एकजनाले प्लाष्टिक…

Read More

दुहागढी ।  झापाको दुहागढी गाउँ विकास समितिलाई घर भित्रको धुवाँ मुक्त र पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । शनिबार गाविस भवनमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझा र विशेष अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख देवराज कार्कीले संयुक्त रुपमा दुहागढीलाई धुवाँ मुक्त र खोप युक्त गाविस घोषणा गरेका थिए । २ बर्ष अघि झापाको पहिलो खुला दिशा मुक्त गाविस घोषित दुहागढी अब तेस्रो घरभित्रको धुवाँ मुक्त र सातौं पूर्ण खोप युक्त गाविस घोषित भएको छ । कार्यक्रममा प्रमुख अतिथि ओझाले गाविसलाई घरभित्रको धुवाँ मुक्त र खोप युक्त भएको प्रमाण पत्र प्रदान गरेका थिए…

Read More

बिर्तामोड । झापा जिल्ला ट्राभल्स एजेन्ट संघको शनिबार बिर्तामोडमा सम्पन्न चौँथो साधारणसभामा पत्रकार रमेश समदर्शी राईलाई सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार समदर्शीलाई पर्यटन पत्रकारिता सम्मान प्रदान गरिएको हो । प्रतिदिन दैनिकका कार्यकारी सम्पादक समदर्शीलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले सम्मानपत्र तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले नगद हस्तान्तरण गरेका थिए । पत्रकार समदर्शी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । सोही कार्यक्रममा पथ प्रदर्शक व्यवस्थापन समितिका अध्यक्ष कोषराज सिटौलालाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रजिअ निरौलाले ठुलो हिस्सा ओगटेको पर्यटन व्यवसायको विविध कारणले सोचेजति विकास हुन नसकेको बताए ।…

Read More

सुरुङ्गा ।  प्रेस सेन्टर नेपाल झापाको जिल्ला सम्मेलन आउँदो साउन ७ गते विर्तामोडमा हुने भएको छ । विभिन्न पत्रकार संगठनको एकीकरणपछि बसेको जिल्ला भेलाले सम्मेलन गर्ने निर्णय गरेको हो । सुरुङ्गामा बसेको एकता भेलाले टीकाराम उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा डण्डीराज घिमिरे, दीपक अधिकारी, झुलन रेग्मी, लिलाराज झापाली, उद्धव पुरी, विष्णु पौड्याल, नमीन ढकाल, प्रकाश उप्रेती, राजु बराल, निर्मला तिम्सिना, सुष्मा कुमाल, होमप्रकाश अधिकारी, राजु पाठक, चिरञ्जीबी घिमिरे, धनकुटे कान्छा, राजु दाहाल, सन्तोष शर्मा, ओमप्रकाश गौतम रहेका छन् । भेलाले डी कौडिन्य स्मृति दिवसको अवसर पारेर सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले…

Read More