खाँदबारी । छिमेकी देश चीन जानका लागि जिल्ला प्रहरी कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षत गौतमकुमार केसीले शुक्रबार खाँदबारीमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको हातबाट दुई जनालाई व्यवस्थित पास उपलब्ध गराएका छन् ।
यो पास सीमा प्रहरी चौकीले नेपालीलाई मात्र उपलब्ध गराउँछ।
Facebook Comments Box