सुरुङ्गा । प्रेस सेन्टर नेपाल झापाको जिल्ला सम्मेलन आउँदो साउन ७ गते विर्तामोडमा हुने भएको छ । विभिन्न पत्रकार संगठनको एकीकरणपछि बसेको जिल्ला भेलाले सम्मेलन गर्ने निर्णय गरेको हो ।
सुरुङ्गामा बसेको एकता भेलाले टीकाराम उप्रेतीको संयोजकत्वमा १९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिको सदस्यहरुमा डण्डीराज घिमिरे, दीपक अधिकारी, झुलन रेग्मी, लिलाराज झापाली, उद्धव पुरी, विष्णु पौड्याल, नमीन ढकाल, प्रकाश उप्रेती, राजु बराल, निर्मला तिम्सिना, सुष्मा कुमाल, होमप्रकाश अधिकारी, राजु पाठक, चिरञ्जीबी घिमिरे, धनकुटे कान्छा, राजु दाहाल, सन्तोष शर्मा, ओमप्रकाश गौतम रहेका छन् ।
भेलाले डी कौडिन्य स्मृति दिवसको अवसर पारेर सम्मेलन गर्ने निर्णय गरेको छ । भेलाले डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने भएको छ । त्यसका लागि प्रेस सेन्टर झापाका संयोजक टीकाराम उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति गठन भएको छ । समितिको सदस्यमा पूर्व पुरस्कृत ब्यक्ति विमल लामिछाने र नेपाल पत्रकार महासंघ झापाको तर्फबाट उपाध्यक्ष तारामणि सापकोटा रहेका छन् ।
यो पुरस्कार झापामा क्रियाशील पत्रकारलाई वितरण गरिँदै आएको छ । सम्मेलन सम्पन्न गर्न राजु पाठकको संयोजकत्वमा ४ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । सदस्यमा लिलाराज झापाली, उद्धव पुरी, र चिरञ्जीबी घिमिरे रहेका छन् । यस्तै सम्मेलन सम्पन्न गर्न ब्यवस्थापन समिति लगायत विभिन्न उपसमिति गठन गरी काम अघि बढाइने निर्णय भएको छ ।