Author: admin
काठमाण्डौं । बाढी र डुबानबारे पहिल्यै जानकारी दिने मोवाइल एसएमएस सेवा सुरु हुने भएकाे छ । नदी किनारका बासिन्दालाई पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभागले मोवाइल एसएमएस सेवा सुरु गर्न लागेको हो । कनकाई, कोशी, नारायणी, भेरी, कर्णाली, महाकाली जस्ता ठूला नदी आसपासका बासिन्दालाई बाढी र डुबानको जोखिमबारे सूचना दिन यो सेवा प्रयोग हुनेछ । त्यसका लागि जोखिम क्षेत्र पहिचान गरी नमुनाका रुपमा सोमबारदेखि सेवा सुरु गर्न लागिएको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिए । यो सेवा नेपाल टेलिकम र एनसेल फोनकर्ताले लिन सक्नेछन् । तर आज भने एनसेलकाे टेक्स म्यासेज पठाएर परीक्षण सुरु गर्ने तयारी छ ।…
रसुवा । लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरूद्ध भएपछि बिहीबारदेखि बन्द भएको रसुवागढी नाका खुलेको छ । नाका आइतबार बेलुकादेखि खुलेको हो । रसुवागढी नाका तथा चीनको केरूङ तर्फ ठाँउठाँउमा पहिरो जाँदा अवरूद्ध भएको सडक मर्मत गरेपछि नाका खुलेको हो । नेपालतर्फ निमार्णधिन रसुवागढी जलविद्युत आयोजना र चीन तर्फ चिनियाँ पक्षले ठाउँमा झरेको पहिरो पन्छाएपछि गाडी चल्न थालेका छन् ।
दमक । झापाको लखनपुर-८ मा बाबु गुमाएका ३ जना नाबालक मुसहर बालबालिका र ७७ बर्षिया बृद्धालाई झापा दमक १३ का एक युवा व्यवसायिले आइतवार खाद्यन्न र लत्ताकपडा सहयोग गरेकाछन् । गत असार ७ गते जोत्दाजोत्दै खेतमा ज्यान गु्माएका मनिलाल ऋषिदेवको परिवारमा एक नाबालक सहित तीन बालबालिका र बृद्ध आमा खाद्यन्नको अभावमा भोकै बस्नु पर्ने अवस्था रहेको थाहा पाएपछि दमक १३ का युवा ब्यवसायि सन्दिप चापागाइले २ बोरा चामल सहित लत्ताकपडा प्रदान गरेका हुन् । सानो १ बर्षेको दुधे बालक, ५ वर्ष र ८ वर्षकी छोरीलाई छाडेर दलालको प्रलोभनमा आमा कुवेत पुगेको र त्यसको केहि दिन बित्न नपाउदै बाबुको मृत्यु भएपछि…
दमक । सहकारी संस्थामा लेखा र करको बिषयमा बुझाइको कमीले समस्या आएको भन्दै झापा दमक ११ को सूर्यदर्शन सहकारी संस्थाले आइतवार एकदिने सहकारीको कर र लेखाप्रणाली सम्बन्धिको आधारभूत जानकारी सहकारीका ब्यवस्थापक तथा लेखाप्रमुखहरुलाई प्रदान गरेको छ । सहकारीको आफ्नो लगानिमा जिल्लाका ६० भन्दा बढि सहकारीका ब्यवस्थापक र लेखापालहरुलाई सहकारीको कर तथा लेखाको बिषयमा आधारभूत तालिम प्रदान गरिएको सूर्यदर्शन सहकारी संस्थाका लेखाप्रमुख होम श्रेष्ठले बताए । नजाने कर छल्नका लागि हिसाव लुकाउदा समस्या पाईएकाले सबै सहकारीहरुलाई यस किसिमको जानकारी दिन उपयुक्त ठानेर कार्यक्रम गरिएको सहकारीका ब्यवस्थापक अरुण भण्डारीले बताए । भण्डारीका अनुसार अन्तर सहकारीसंस्था बीत समन्वयका लागि सहकारीले निशुल्क रुपमा अन्य छिमेकी…
एजेन्सी । इराक सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । राजधानी बग्दानमा अतिवादी संगठन इस्लामिक स्टेट आइएसले गराएको बम विस्फोटनमा परि कम्तिमा एक सय २५ जनाको ज्यान गएको छ भने एक सय ५० जना घाइते भएका छन् । शनिबार अबेर राति सर्वसाधारण नागरिकको भिडभाड रहेको कार्रादामा विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको थियो । रमादान महिना चलिरहेकाले दिनको उपवास सकेर बेलुका बजारमा किनमेलका लागि निस्केका मानिसले विस्फोटनमा परि ज्यान गुमाएका छन् । केहीका सबै परिवार विस्फोटनमा परेका तथा केहीको शरीर चिन्न नसक्ने गरी जलेको उद्धारकर्मीले बताएका छन् । प्रधानमन्त्री हैदर अल अबादीले हिजो बिहान घटनास्थलको अवलोकन गरेका…
फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा आइसल्याण्डलाई ५–२ ले हराएर फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीसँगको भेट पक्का गरेको हो । अन्तिम १६ मा इंग्ल्याण्डलाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको नवप्रवेशी आइसल्याण्डको अप्रत्यासित नतिजाको त्रम फ्रान्सले भंग गरेको छ । फ्रान्सको जितमा ओलभर जिरउडले दुई तथा दिमिबी पेयट, पउल पोग्बा र एन्टोनियो ग्रिजम्यानले एक एक गोल गरे । पेरिसमा भएको खेलमा फ्रान्सले पहिलो हाफमा नै ४–० को अग्रता लिएको थियो । जिरउडले १२ औं मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको सात मिनेटपछि पोग्बाले फ्रान्सको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम समयमा…
काठमाण्डौं । माओवादी केन्द्रको शनिबारको बैठकले वैशाख २३ को नौ बुँदे सहमति एमालेले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तदारुकता नदेखाएको निष्कर्ष निकाल्यो । त्यही निष्कर्षका आधारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग कुराकानी गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दियो । तर सम्झौता कार्यान्वयनमा माओवादीले एमालेलाई आरोप लगाए पनि नौ बुँदा कुनै एउटा दलले मात्र पूर्ण कार्यान्वयन गर्न सक्ने खालका छैनन् । सहमतिका केही विषय कार्यान्वयन भएका छन्, केही प्रक्रियामा छन् । ‘दुवै दल सरकारका सहयात्रीसमेत रहेकाले संयुक्त सक्रियतामा मात्र ती विषय कार्यान्वयन हुन सक्छन् । सहमतिअनुसार धेरै काम हुँदैछन्, दुवै पक्षले केही समय लिऔं भनेकैले कतिपय विषय रोकिएका छन्,’ कानुनमन्त्री अग्नि…
‘भारत छोडी अन्त नाता कही पनि जोड्न पाउँदैनौ भारतसँग नाता तोडी कोही पाउँदैन जान भारतले जे भने पनि स्वीकार गरी मान भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान योभन्दा ठूलो अरु कहीं पाउँदैनौं ज्यान’ हालै अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्चमाध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा विद्यार्थीले गाउको गीतको एक अंश हो यो। उक्त भवन भारतीय दूतावासको लघु वित्तीय सहयोग कार्यक्रमअन्तर्गतको लगानीमा बनेको थियो। अहिले सामाजिक सञ्जालमा यस्तो गीत गाउन लगाउनेप्रति छानबिन हुनु पर्ने मागले व्यापकता पाइरहेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। यस विषयमा सामाजिक सञ्जाल ट्वीटरमार्फत धेरैले आपत्ति पनि जनाइसकेका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त कार्यक्रममा प्रमुख अतिथि बनेका उपप्रधान एवं…
काठमाण्डौं । सामुदायिक विद्यालयका शिक्षकहरुले अब पढाउने वा राजनीति गर्नेमध्ये एउटा विकल्प रोज्नु पर्ने भएको छ । शिक्षकहरुले अब पनि राजनीति गरिरहे सरकारले उनीहरुलाई सेवाबाट हटाउन सक्ने कानुनी व्यवस्था भएपछि यो विकल्प रोज्नुपर्ने अवस्था आएको हो । जेठ २२ मा संसदबाट पारित र राष्ट्रपतिबाट बुधवार प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनले शिक्षकहरुलाई राजनीतिक दलको कार्यकारिणी सदस्य हुनबाट रोक लगाएको छ । यो व्यवस्थाअनुसार शिक्षकरुले दलको साधारण सदस्य लिन पाए पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रस्तरको कार्यकारिणी समितिको सदस्यसमेत बस्न पाउने छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाण्डाैं । नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ। फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट। लसुन कोरियाबाट। च्याउ फ्रान्सबाट। बेल्जियमबाट बटर। केन्याबाट कफी। चिलीको ट्राउट माछा। यो त थोरै उदाहरण मात्र हुन्, नेपालमा ठूलो मात्रामा खाद्यबस्तु आयात गरिन्छ। तीमध्ये धेरै बस्तु भारत, चीनजस्ता छिमेकी मुलुकबाट मात्र होइन, निकै परका मुलुकबाट समेत ल्याइने गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। बेल्जियम, कोरिया चिलीलगायतबाट मात्र होइन, तान्जानिया, मदगास्करजस्ता मुलुकबाट समेत नेपालमा खाद्यबस्तु आयात हुन्छन्। हामीले कमै नाम सुनेका केही सूक्ष्म मुलुकबाट समेत नेपालमा खानेकुरा भित्रिन्छन्। इथोपियाको सिमी हाम्रो भान्सामा पाकेको हामी पत्तै पाउँदैनौ। हिन्द महासागरको सानो छापु मुलुक कोमोरोस, आयरल्याण्ड…