दमक । सहकारी संस्थामा लेखा र करको बिषयमा बुझाइको कमीले समस्या आएको भन्दै झापा दमक ११ को सूर्यदर्शन सहकारी संस्थाले आइतवार एकदिने सहकारीको कर र लेखाप्रणाली सम्बन्धिको आधारभूत जानकारी सहकारीका ब्यवस्थापक तथा लेखाप्रमुखहरुलाई प्रदान गरेको छ ।
सहकारीको आफ्नो लगानिमा जिल्लाका ६० भन्दा बढि सहकारीका ब्यवस्थापक र लेखापालहरुलाई सहकारीको कर तथा लेखाको बिषयमा आधारभूत तालिम प्रदान गरिएको सूर्यदर्शन सहकारी संस्थाका लेखाप्रमुख होम श्रेष्ठले बताए ।
नजाने कर छल्नका लागि हिसाव लुकाउदा समस्या पाईएकाले सबै सहकारीहरुलाई यस किसिमको जानकारी दिन उपयुक्त ठानेर कार्यक्रम गरिएको सहकारीका ब्यवस्थापक अरुण भण्डारीले बताए । भण्डारीका अनुसार अन्तर सहकारीसंस्था बीत समन्वयका लागि सहकारीले निशुल्क रुपमा अन्य छिमेकी सहकारीसस्थाका ब्यवस्थापकहरुलाइ समेत तालिम प्रदान गरिएको हो ।
देबदर्शन सहकारी संस्थाका अध्यक्ष राजकुमार खड्काका अनुसार चार्टड एकाउण्टेन्ट योगेश घिमिरेले सहकारीको कर र लेखाको बिषयमा बिभिन्न ऐन, नियमहरुमा रहेका बिषयबस्तु्बारे जानकारी गराएका थिए । यसले सहकारीहरु नयाँ रुपमा जान सहयोग पुग्ने पाईएको खड्काले बताए ।