रसुवा । लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरूद्ध भएपछि बिहीबारदेखि बन्द भएको रसुवागढी नाका खुलेको छ । नाका आइतबार बेलुकादेखि खुलेको हो ।
रसुवागढी नाका तथा चीनको केरूङ तर्फ ठाँउठाँउमा पहिरो जाँदा अवरूद्ध भएको सडक मर्मत गरेपछि नाका खुलेको हो । नेपालतर्फ निमार्णधिन रसुवागढी जलविद्युत आयोजना र चीन तर्फ चिनियाँ पक्षले ठाउँमा झरेको पहिरो पन्छाएपछि गाडी चल्न थालेका छन् ।
Facebook Comments Box