दमक । झापाको लखनपुर-८ मा बाबु गुमाएका ३ जना नाबालक मुसहर बालबालिका र ७७ बर्षिया बृद्धालाई झापा दमक १३ का एक युवा व्यवसायिले आइतवार खाद्यन्न र लत्ताकपडा सहयोग गरेकाछन् ।
गत असार ७ गते जोत्दाजोत्दै खेतमा ज्यान गु्माएका मनिलाल ऋषिदेवको परिवारमा एक नाबालक सहित तीन बालबालिका र बृद्ध आमा खाद्यन्नको अभावमा भोकै बस्नु पर्ने अवस्था रहेको थाहा पाएपछि दमक १३ का युवा ब्यवसायि सन्दिप चापागाइले २ बोरा चामल सहित लत्ताकपडा प्रदान गरेका हुन् ।
सानो १ बर्षेको दुधे बालक, ५ वर्ष र ८ वर्षकी छोरीलाई छाडेर दलालको प्रलोभनमा आमा कुवेत पुगेको र त्यसको केहि दिन बित्न नपाउदै बाबुको मृत्यु भएपछि बालबालिकाहरु समस्यामा पर्दै आएकाछन् । अहिले हजुरआमा बुधरानी मुसहरले नातीनातिनिलाई सकिनसकि ख्वाईप्याई गर्दै आएको पाईएको छ ।
बनिबुतो गरेर बिहान बेलुका हात जोड्न कमाउने छोरोको खेत जोत्दाजोत्दै भएको निधनले स्तब्ध रहेकी बुधरानी मुसहरले आशु बगाउदै भनिन्–‘बिहान बेलुका हातमुख जोर्न समस्या छ र नातीनातिनाको आङ ढाक्ने लुगा पनि थिएन ।’ नाती नातिनालाइ देखेपछि र ७० बर्षिया हजुरआमा बुधरानी मुसहरको बिलौनाले त्यहाँ पुग्ने जो कोहिको आशु थामिदैन । चापागाईले यो अवस्था देखेर मन नथामिएर आफूले सकेको र बालबच्चा बिराम देखेर उपचारका लागि २ हजार सहयोग पनि गरेको उनले जनाए ।
गएको असार ७ गते स्थानीय मनिलाल ऋषिदेवको साहुको खेत जोत्दाजोत्दै खेतमै अचानक मृत्यु भएको स्थानीयहरु बताउछन् । एक हप्ताअघि मात्रै आमा सनिता नाबालक छोराछोरीको भविष्यका लागि पैसा कमाउन भनेर दलाल मार्फत कुबेत गएका कारण यो परिवारको नै बिचल्लि परेको र आफूहरुले अहिलेसम्म खाना ख्वाइरहेको स्थानीयहरुले बताएछन् । एकजना नाबालक छन् भने सलिना र रेसिका स्थानीय सरस्वती माविमा कक्षा २ र १ मा पढ्ने गरेकाछन् । बाबुको निधनपछि उनिहरु बिद्यालय पनि जान छाडेकाछन् ।