Author: admin
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस र माओवादी केन्द्र विदेशी शक्तिको ‘गोटी’ बनेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बिहीबारको बैठकमा एक घन्टा १० मिनेट लामो सम्बोधन गर्दै ओलीले दुई पार्टी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका हुन् । दुवै पार्टी विदेशी गोटीमा मुलुकमा अस्थिरता मच्चाउँदै संविधान कार्यान्वयन असहज बनाउने षड्यन्त्रमा सामेल भएको उनको अरोप छ । बैठकले संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव एकढिक्काका साथ सामना गर्दै अघि बढ्ने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए । ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा ०७४ माघसम्म नेतृत्व परिवर्तन नहुने गरी गठबन्धन बनेको खुलासा गरे । ‘गठबन्धन मात्रै होइन, नेतृत्व…
काठमाण्डौं । सुर्ती उद्योगको प्रभावमा परी उद्यागेग मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सुर्तीजन्य पदार्थको खोलमा अनिवार्य ९० प्रतिशत चेतावनीयुक्त चित्र छाप्नुपर्ने नियम पुनर्विचार गर्न पत्र गरेको छ । विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) विपरित उद्योग मन्त्रालयले सो पत्र पठाएको हो । सरकारले एफसिटिसी हस्ताक्षर गरी त्यसलाई लागु गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग मन्त्रालय स्रोतलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिक लेख्छ, ‘सचिव सूर्य सिलवाल र केही कर्मचारीहरु नेपालका सुर्ती उद्योगको प्रभावमा परी स्वास्थ्य मन्त्रालयलाई चिठ्ठी पठाइएको छ । यस विषयमा सचिव सिलवालले आफूलाई पत्र बारे जानकारी नभएको प्रतिक्रिया दिएको र मन्त्री सोमप्रसाद पाण्डेले सोही प्रतिक्रिया दिएको नयाँ…
काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रै नेताहरुले सुझाव दिएका छन्। प्रचण्डले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन्। यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दियो । महराले गृहकार्यको आधार संविधान कार्यान्वयन, शान्ति सम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरुपण, सक्षम र प्रभावकारी संक्रमणकालीन न्याय र जनमुखि दृष्टिकोण राखेका छन् । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदाको ९ महिने कार्यकालको समीक्षासमेत गरिरहेको स्रोतले बतायो । पहिलो पटक उनी २०६५ भदौ २ देखि २०६६…
काठमाण्डौं । अध्यागमन विभागमा अन्तर्राष्ट्रिय अपराधीहरूको निगरानीका लागि अमेरिकी दूतावासले राखेको सफ्टवेयर जडानको प्रस्ताव गृह मन्त्रालयले अस्वीकार गरेको छ । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजले गत ३ असारमा गृहमन्त्री शक्ति बस्नेतसँगको भेटघाट पाइसेस (पर्सनल आइडेन्टिफिकेसन सेक्युर कम्पेरिजन एन्ड इभ्यालुएसन सिस्टम) सफ्टवेयर जडान गर्ने प्रस्ताव गरेकी हुन् । उक्त सफ्टवेयर र त्यसका लागि आवश्यक हार्डवेयर निःशुल्क दिने अमेरिकी दूतावासको प्रस्ताव थियो । तर, विदेशीले दिएको सफ्टवेयर विमानस्थलमा राख्न नहुने लिखित राय अध्यागमन विभागले दिएपछि गृहले उक्त सफ्टवेयर तत्कालका लागि नराख्ने निर्णय गरेको हो । कतिपय देशमा उक्त सफ्टवेयरका कारण समस्या भएको भन्दै अध्यागमन विभागले अन्तर्राष्ट्रिय रूपमा अध्ययन गरेर मात्र…
काठमाण्डौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि समर्थन जनाउने प्रस्ताव गरेका छन् । ओलीले बुधबार टेलिफोनमार्फत् त्यस्तो प्रस्ताव आफूलाई गरेको जानकारी दिंदै पौडेलले सदासयताका लागि आफूले धन्यवाद दिएको बताए । ‘कांग्रेस र एमाले मिलेर नै सहमतिको सरकार बनाउनुपर्यो भन्ने उहाँको जोड थियो’ पौडेलले भने,’तपाईंलाई हामी समर्थन गर्छौ भन्नुभयो। मैले सदासयताका लागि धन्यवाद दिदै पार्टीको अनुशासित सिपाही भएकाले निर्णय विपरित जान नसक्ने बताए।’ प्रधानमन्त्री ओलीले पौडेललाई जस्तै कांग्रेस सभापति शेरवहादुर देउवालाई पनि प्रधानमन्त्री बन्न समर्थन गर्ने प्रस्ताव गरेका थिए। माओवादीलाई समर्थन दिने निर्णय सार्वजनिक भएलगतै ओलीले देउवालाई त्यस्तो प्रस्ताव गरेको देउवा निकट…
काठमाण्डौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका श्रम मन्त्री थिए दिपक बोहोरा । म्यापावरका दलालसँग सेटिङ गरेर करोडौ कमाउने ध्याउन्नमा लागेका मन्त्री बोहोरा यतिखेर सबैभन्दा बढी पीडामा रहेका छन् । कारण हो सेटिङ गरिएको सबै धन्दा चौपट हुने भयो भनेर । केपी ओलीको सरकार माओवादी केन्द्रको एकै झट्काका खरानी भएपछि बोहोरा झण्डै बेहोस भएको बताइन्छ । बोहोराले म्यानपावरका दलालहरुसँग मिलेर मोटो रकम उठाएका थिए । उनले केही ठूला म्यानपावरका दलालसँग मिलेर नेपाली युवा बेच्ने धन्दा संस्थागत गर्ने योजना समेत बनाएका थिए । तर सरकार नै गएपछि कमाउ धन्दा चौपटक भयो भन्दै बोहोराले आफ्ना निकटस्थहरुसँग गुनासो गरेको बताइन्छ । बोहोराले पछिल्लो…
बिच सडकमा वा तपाई हिंडिरहेकाे बाटाेमा कुनै पशु छटपटिरहेकाे देखे तपाइ के गर्नु हुन्छ ? सायद तपाइ देखे नदेखे हुनुहुन्छ या त त्यस्ताे कुरा तिर ध्याननै दिनु हुन्न । त्यस्तै एउटा घट्ना अाज घट्याे । भद्रपुरकाे भानु चाैकमा एउटा साँडे गाेरू पिडामा छटपटाइरहेकाे थियाे । बाटाे हिड्ने कसैले वास्ता गरेनन् । तर एक्सल बैंक चन्द्रगढिमा कार्यरत कर्मचारीद्वय गजेन्द्र ढकाल र महेश राजवंशीले घर फर्कने क्रममा त्याे दृश्य देख्नसाथ बाइक राेके । त्यसपछि भद्रपुर स्थित पशुसेवा कार्यलयका डा. शिभु शाह र साजा चाैदरीलाई सम्पर्क गरे । दुवै जना डाक्टर तुरून्तै अाए र जाँच गरे । जाँचमा थाहा भयाे साँडेलाई कसैले विष दिएकाे…
भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातक तह चिया विषय अध्ययन गरेका ११ जना विद्यार्थीले एकैपटक कृषि प्राविधिक पदमा नाम निकालेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लामो समयको अन्तरालपछि खुलाएको चिया र कफी तर्फको कृषि प्राविधिक पदको लिखित तथा मौखिक दुबै परीक्षा पास गरी उनीहरू स्थायी नियुक्तिका लागि सिफारिसमा परेका हुन् । पहिलो ब्याचका १० जना र दोस्रो ब्याचको एक जना गरी जम्मा ११ जनाले नाम निकालेका हुन् । नाम निकाल्नेहरूमा पहिलो ब्याचका नगेन्द्र सुवेदी, प्रकाश श्रेष्ठ, देवेन्द्र पौडेल, तायामा राई, नवीन कोईराला, विवेक भन्डारी, अनन्त ढुङ्गाना, खगेन्द्र विष्ट, कुसुम भण्डारी, दिपक चौधरी र दोस्रो ब्याजकी लीला…
जलथल । दक्षिणी झापाको जलथल गाविस जिल्लाको पाँचौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएकाे छ । विहीबार एक कार्यक्रम अायाेजना गरि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घाेषणा गरिएकाे हाे । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यता तथा गाविस सचिव मुरारी पोखरेलको सभापतित्वमा गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो । जलथलमा कूल ३ हजार ३५ घरहरु भएको बताइएको छ । कार्यक्रममा खुल्ला दिशामुक्त अभियानमा सहयोग पुर्याउने पाथीभरा कालिका वन उपभोक्ता समिति, प्रहरी चौकी जलथल सहित स्थानीय संघ–संस्था र १३ जना अभियानकर्तालाई सम्मान गरिएको थियो । सो अवसरमा प्रत्येक वडाबाट विपन्न समुदायका १/१ जना तथा लक्षित वर्गबाट सहित १६ जनालाई सम्मान गरिएको…
चन्द्रगढी । क्षेत्रीय शिक्षा निर्देशनालय पूर्वाञ्चल धनकुटाले जिल्ला शिक्षा कार्यालय झापालाई उत्कृष्ट शिक्षा कार्यालय घोषणा गरेको छ । पन्ध्र वटा जिल्ला शिक्षा कार्यालयलाई पछि पार्दै जिशिका झापा पूर्वाञ्चल प्रथम भएको हो । शैक्षिक उपलब्धी र गतिविधिका आधारमा बुधवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो । क्षेत्रीय शिक्षा निर्देशनालयले वर्षभरीका काम हेरी विभिन्न एक सय सुचाङ्कको आधारमा जिल्ला उत्कृष्ट घोषणा गर्ने प्रावधान रहेको छ । विद्यालयको अनुगमन, समयमै माथिल्लो निकायमा रिपोटिङ्, शिक्षा समिति गठन, पारदशिता, बैठक, सञ्चालन, लगबुक रेकर्ड, जिम्मेवारी बाँडफाँड र बहन, बेरुजु फस्र्याैटलगायतका सुचाङ्कका आधारमा मुल्याङकन गर्ने प्रावधान रहेको छ । तीनै सुचाङकको आधारमा झापालाई…