बिच सडकमा वा तपाई हिंडिरहेकाे बाटाेमा कुनै पशु छटपटिरहेकाे देखे तपाइ के गर्नु हुन्छ ? सायद तपाइ देखे नदेखे हुनुहुन्छ या त त्यस्ताे कुरा तिर ध्याननै दिनु हुन्न । त्यस्तै एउटा घट्ना अाज घट्याे । भद्रपुरकाे भानु चाैकमा एउटा साँडे गाेरू पिडामा छटपटाइरहेकाे थियाे । बाटाे हिड्ने कसैले वास्ता गरेनन् ।
तर एक्सल बैंक चन्द्रगढिमा कार्यरत कर्मचारीद्वय गजेन्द्र ढकाल र महेश राजवंशीले घर फर्कने क्रममा त्याे दृश्य देख्नसाथ बाइक राेके । त्यसपछि भद्रपुर स्थित पशुसेवा कार्यलयका डा. शिभु शाह र साजा चाैदरीलाई सम्पर्क गरे । दुवै जना डाक्टर तुरून्तै अाए र जाँच गरे ।
जाँचमा थाहा भयाे साँडेलाई कसैले विष दिएकाे रहेछ । त्यसपछि हतार हतार डाक्टरले एन्टि पाेइजनकाे इन्जेक्सन दिए । केहि समय पछि साँडे गाेरू केहि सहज रूपमा अाए पछि गजेन्द्र, महेश र दुइ डाक्टर अा अाफ्नाे बाटाे लागे ।
साँचाे अर्थमा धर्मकाे परिभाषा यहि हाे । पशुपंक्षी , जीवजन्तु सबैकाे अात्मा हुन्छ , पीडामा देखे सहयाेग गर्ने बानी बसालाैं । गजेन्द्र ढकाल र महेश राजवंशी अनि डाक्टर द्वय शिभु शाह र साजा चाैदरीलाई धेरै धेरै धन्यवाद ।

1 Comment
DHARMA GARNA LAI PANI VAGYA HUNUPARCHA BASTWA MA……
SAYAD KHOJDAI HIDNU VAKO PAKKAI PANI HOINA HOLA…..
TARA VAGYALE JURAYO …..YOU BOTH MAHESH LAL SING AND GAJENDRA DHAKAL SO LUCKY PERSON AROUND ON THIS WORLD IN THIS CASE …JUST IN MY POINT OF VIEW EVEN I AM NOT WRONG.