चन्द्रगढी । क्षेत्रीय शिक्षा निर्देशनालय पूर्वाञ्चल धनकुटाले जिल्ला शिक्षा कार्यालय झापालाई उत्कृष्ट शिक्षा कार्यालय घोषणा गरेको छ । पन्ध्र वटा जिल्ला शिक्षा कार्यालयलाई पछि पार्दै जिशिका झापा पूर्वाञ्चल प्रथम भएको हो ।
शैक्षिक उपलब्धी र गतिविधिका आधारमा बुधवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो ।
क्षेत्रीय शिक्षा निर्देशनालयले वर्षभरीका काम हेरी विभिन्न एक सय सुचाङ्कको आधारमा जिल्ला उत्कृष्ट घोषणा गर्ने प्रावधान रहेको छ ।
विद्यालयको अनुगमन, समयमै माथिल्लो निकायमा रिपोटिङ्, शिक्षा समिति गठन, पारदशिता, बैठक, सञ्चालन, लगबुक रेकर्ड, जिम्मेवारी बाँडफाँड र बहन, बेरुजु फस्र्याैटलगायतका सुचाङ्कका आधारमा मुल्याङकन गर्ने प्रावधान रहेको छ । तीनै सुचाङकको आधारमा झापालाई उत्कृष्ट घोषणा गरेको हो । यो सगैँ झापाले उत्कृटमा ह्याट्रिक गरेको छ ।
यसअघि २०७० र २०७१ को पुरस्कार समेत हात पारेको थियो । उत्कृष्ट घोषणासँगै झापाले नगद २५ हजार र उत्कष्टताको प्रमाण पत्र पाएको छ । प्रमाण पत्र र नगद पुरस्कार औपचारीक कार्यक्रम गरी दिइने जनाइएको छ ।
झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले झापा उत्कृष्ट हुनुमा सबैको मेहेनत र परिश्रमले सम्भव भएको बताए । उनले कार्यालयका कर्मचारी, स्रोत व्यक्ति, विद्यालय निरिक्षक, विद्यालय, विद्यार्थी, अभिभावकक तथा शिक्षामा सरोकार राख्ने सबैको सहयोगमा सम्भव भएको उल्लेख गरे ।
शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले निरन्तर तेस्रो बर्षसम्म उत्कृष्ट हुनु झापाबासीको गौरवको विषय भएको बताए । उनले सबै क्षेत्रको सहयोगका कारण झापाले यो सफलता हात पारेको बताए ।