Author: admin

काठमाण्डौ । बिहीबार नेपाली जामे र कश्मीरी मस्जिद अगाडि सडकमा सवारी निषेध थियो। दरबारमार्ग संस्कृत छात्रावासदेखि रत्नपार्कसम्मको क्षेत्रमा बर्दिधारी प्रहरीको बाक्लो उपस्थिति थियो। कान्तिपुर दैनिकमा समाचार छ। छात्राबास, त्रिचन्द्र क्याम्पस, कमलादी मोड, रत्नपार्कका चार कुनामा सादा पोसाकमा उत्तिकै सुरक्षाकर्मी खटिएका थिए।  मस्जिद वरिपरी स्थानीय प्रहरीसँगै आतंकबाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विमागका जनशक्ति खटिएका थिए। विशेष कार्यदलमा एक टोली बोलावट आएसँगै तत्काल खटिनसक्ने गरी तयारी अवस्थामा थियो। यो सतर्कताको उद्देश्य इद उल फित्रमा प्रार्थनाका लागि मस्जिद आउने सर्वसाधारणको आवातजावत सहज बनाउने त थियो नै, अन्तर्राष्ट्रिय आतंकबादी आक्रमणको बढ्दो त्रासलाई लिएर सतर्कता पनि थियो। चारै कुनामा प्रहरीसँगै…

Read More

काठमाण्डौ । पेसाले शिक्षक ओमप्रकास बन्जाडे अरु जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैैनन्। हतपत्ति कसैको फोटोमा लाइकगर्दैनन्। कमेन्ट पनि लेख्दैनन्। गरुन् पनि कसरी? दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन्। फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन्। फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन्। दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन्। कान्तिपुर दैनिकमा समाचार छ। दृष्टिविहीन भएर के भो? अरुले जस्तै ओमप्रकाशको पनि चल्तीका सामाजिक सञ्जालमा उपस्थिति छ। एन्ड्रोइड मोबाइल चलाउने उनी मोबाइलमार्फत भाइबर र स्काइपमा गफ गर्छन्। युट्युबबाट गीत सुन्छन्। सामाजिक सञ्जाल र प्रविधि प्रयोगले उनी अपडेट मात्रै भएका छैनन्, ज्ञानको दायर पनि फराकिलो…

Read More

काठमाण्डौ । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ। हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ। एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ।’ उनका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको छ। कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्,‘बाबा तपाई कहिले आउनुहुन्छ?’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन्। धेरै मध्ये यस्ता बच्चाका…

Read More

काठमाण्डौ । भुटानले सन् १९९० को दशकमा जबर्जस्ती खेदिएका नागरिक शरणार्थी नभएको जिकिर गरेको छ। शरणार्थी फिर्तीका विषयमा नेपालसँग १५औँ चरणको वार्तामा सहभागी भुटानले आफ्नो परराष्ट्र मन्त्रालयमा राखेको नेपाली भाषाको पछिल्लो विवरणमा यो समस्या अवैध आप्रवासनसँग जोडिएको उल्लेख छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। विवरणमा हार्डभर्ड युनिभर्सिटी पढेका छिरिङ तोब्गे प्रधानमन्त्री भएपछि उनका सामाजिक–आर्थिक कार्यक्रमसमेत राखिएको छ। हालै राखिएको कन्ट्री रिपोर्ट २०१४ मा उल्लेखित नेपाली भाषाको दस्ताबेज डब्लुडब्लुडब्लू डट एमएफए डट जिओभी डट बिटीमा राखिएको छ। ‘पूर्वीनेपालका शिविरमा बसोबास गर्ने मानिसहरूको स्थिति खासै शरणार्थी स्थिति नभएर यो एउटा जटिल प्रकारको स्थिति हो भने यसको जरो अवैधानिक आप्रवाससित जोडिएको छ,’ भुटानले…

Read More

काठमाण्डौ । सत्ताको मूख्य साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमति अनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमनत्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई फकाउन थालेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बनध बिग्रिएको थियो। स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरेका छन्। उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थति फरक भइसकेकाले’ फेरि दुई दलबीच सहकार्य गरेर संविधान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आएका छन्। देउवाले त्यसको जवाफ भने दिएका छैनन्। देउवा आफै र बहुमत…

Read More

इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामले फुडबलर नबयुग श्रेष्ठलाई जिताउन अभियान थालेको छ । नेपाली रष्ट्रिय टोलीका इष्टाइगर नबयुग श्रेष्ठ पलसर पिपुल्स अवार्डमा छनोट भएपछि जिताउन अनेरास्ववियु जिल्ला कमिटी इलामले अभियान थालेको हो । इलाम वासिलाई pulsar स्पेस Ny लेखी 33131 send गरि नवयुग लाई जिताउन आहावान गरेको छ । बिहिवार अनेरास्ववियुले भोटिङ अभियान सञ्चालन गरि एकमुष्ट ज्ञठण्ण् मत गरिएको जिल्ला कमिटी सदस्य बिमल धिमीरेले बताए।

Read More

बुधबारे । दुवै मिर्गौलामा खराबी आएपछि झापा बुधबारे–७ का किरण धिमाल थलिएका छन् । आर्थिक अवस्था दयनीय रहेका २७ वर्षीय किरणले जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन् । गत वैशाखमा सामान्य पिसाब पोल्ने र आँखा पहेँलो भएपछि जण्डिसको शङ्का गर्दै उनले चारआलीमा जाँच गराए । तर, चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताएपछि उनी धरानको घोपा पुगे । ‘घोपा पुगेपछि मात्र थाहा भयो, मेरो किड्नी बिग्रेछ’ किरणले भने, ‘त्यहीँ डायलोसिस गरायौँ ।’ वैशाखदेखि हालसम्म करिब सात लाखको हाराहारीमा खर्च भइसकेको उनकी आमा सावित्रा धिमालले बताइन् । ऐलानी जग्गामा बसेको उनको परिवार बुबा बुधारु धिमालले सिटी रिक्सा चलाएर धान्दैछन् । ‘गरिबलाई ठूलो…

Read More

काठमाण्डौं ।  चेक गणतन्त्रका गोल किपर पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनको टिम फ्रान्समा भएको युरो कप फुटबलको समूह चरणबाटै घर फर्केको थियो । सन्यासको घोषणा गरेपछि युरो कपमा टर्कीसँग २–० ले पराजित भएको खेल नै उनको अन्तर्राष्ट्रिय खेल जिवनको अन्तिम खेल बन्यो । सन् २००२ मा राष्ट्रिय टिमबाट खेल्न थालेका चेक चेक गणतन्त्रका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । ३४ वर्षे  चेकले १ सय २१ खेलमा गोल पोष्टको जिम्मा लिएका छन् । ‘जब म केटाकेटी थिएँ, त्यतिबेला मैलै एक पल्ट भए पनि राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेको थिएँ’ इंग्लिस क्लव आर्सनलको वेवसाइटसँगको कुराकानीमा उनले…

Read More

काभ्रे ।  जनआन्दोलन ०६२/०६३ का जिउँदा सहिद मुकेश कायस्थलाई भेट्न प्रधानमन्त्री  उनकाे निवास बनेपामा पुगेका छन् । जनआन्दोलनमा घाइते भई अर्धचेत अवस्थामा रहेका मुकेशलाई भेट्न प्रधानमन्त्री मुकेशको निवासमा पुगेका हुन् । धुलिखेलको एक कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली मुकेशको घरमा झण्डै ३० मिनेट बसेका थिए । प्रधानमन्त्रीले मुकेशको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आगन्तुक पुस्तिकामा जिउँदो सहिद मुकेशले देशको लागि गरेका अतुलनीय योगदानको सम्मान र स्वास्थ्य लाभकोसमेत कामना गरे । मुकेशका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहिदको वलिदानले प्राप्त भएको संविधान कार्यान्यनमा जोड दिन आग्रह गरेका छन् । मुकेशका परिवारले आफूले भोगेको जस्तो पीडा अरुले भोग्नु नपरोस् भन्दै संविधान कार्यान्यनमा जोड दिन…

Read More

काठमाण्डौं । निर्वाचन आयोगका कामु प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फबाट मात्र विदेशबाट अनलाइन मतदानको व्यवस्था गर्न सकिने बताएका छन् । शुक्रवार संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा आयुक्त यादवले प्राविधिक जटिलताका कारण पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) निर्वाचनमा सहभागी गराउन नसकिने बताएका हुन् । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा विदेशमा बस्ने नेपालीका लागि अनलाइन भोटिङको व्यवस्था गर्ने उल्लेख छ । ‘प्रविधिमा त्यति समर्थ छैनौँ हामी, सबै निर्वाचनमा अनलाइन भोटिङ सम्भव हुँदैन, समानुपातिक निर्वाचनका लागि मात्र हुन्छ,’ यादवले भने ।

Read More