काठमाण्डौं । निर्वाचन आयोगका कामु प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फबाट मात्र विदेशबाट अनलाइन मतदानको व्यवस्था गर्न सकिने बताएका छन् ।
शुक्रवार संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा आयुक्त यादवले प्राविधिक जटिलताका कारण पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) निर्वाचनमा सहभागी गराउन नसकिने बताएका हुन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा विदेशमा बस्ने नेपालीका लागि अनलाइन भोटिङको व्यवस्था गर्ने उल्लेख छ ।
‘प्रविधिमा त्यति समर्थ छैनौँ हामी, सबै निर्वाचनमा अनलाइन भोटिङ सम्भव हुँदैन, समानुपातिक निर्वाचनका लागि मात्र हुन्छ,’ यादवले भने ।
Facebook Comments Box