काठमाण्डौं । चेक गणतन्त्रका गोल किपर पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनको टिम फ्रान्समा भएको युरो कप फुटबलको समूह चरणबाटै घर फर्केको थियो ।
सन्यासको घोषणा गरेपछि युरो कपमा टर्कीसँग २–० ले पराजित भएको खेल नै उनको अन्तर्राष्ट्रिय खेल जिवनको अन्तिम खेल बन्यो । सन् २००२ मा राष्ट्रिय टिमबाट खेल्न थालेका चेक चेक गणतन्त्रका लागि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।
३४ वर्षे चेकले १ सय २१ खेलमा गोल पोष्टको जिम्मा लिएका छन् । ‘जब म केटाकेटी थिएँ, त्यतिबेला मैलै एक पल्ट भए पनि राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेको थिएँ’ इंग्लिस क्लव आर्सनलको वेवसाइटसँगको कुराकानीमा उनले भने ‘तर राष्ट्रिय टोलीबाट धेरै पल्ट खेलेर मैले गौरव महसुस गरेको छु ।’
आर्सनलबाट उनले व्यवसायिक फुटबल भने खेल्ने छन् । उनले टिमको सफलताको कामना गर्दै ट्वीट पनि गरेका छन् ।