Author: admin
बेचेका छन्, बेचिरहेका छन् यहाँ मान्छेहरु आफुलाई तिमी पनि सक्छौ बेच्न तिम्रा इच्छा चाहनाहरू कलमको भरमै बाँचेको भए त्यो जिन्दगी बेच कसैलाई म जस्तै नराखी रीस – राग अनि नउठाइ इर्ष्याका चाँगहरू ! म, मेरो मश्तिष्कलाई कलमको रुपमा किन्यो कसैले, किनोस् । फेरि पनि किन्छ कसैले, किनोस् । खुशिसाथ बेच्छु म चल्ला दलाल अलिअलि बजारैपिच्छे भाउ-भाउमा त्यसपछि खुशीले निमोठ्यिउँ कि आनन्दसँगै उत्ताउलिउँ कस्लाई किन चासो हुन्छ यहाँ ? केवल मैले मेरा लागि हो ‘बेचेको’ अनि मेरै केवल मेरै हो ‘कलम’ स्वतस्फुर्त रुपमा आफ्नो कमाउधन्दा बलियो बनाउन आफ्नो अघिपछि, दायाँवायाँ अनि वरपरसम्म चिनिन र चिनाउन आफ्नै एकल बहुमतीय निर्णयले बिक्री गरेको…
नेपालमा उत्पादित अर्थोडक्स चियालाई भारतमा खुल्ला विक्रीमा प्रतिबन्ध लगाउन भारतीय व्यापारीले माग गरेपछि नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ। नेपालमा उत्पादित चियाको अधिकांश परिमाणको बजार भारत नै हो। पूर्वी नेपालका पहाडी जिल्लाहरुमा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको छ। नेपालका चिया व्यवसायीहरुले यदी भारतले नेपालको चियाको खुल्ला विक्रीमा प्रतिबन्ध लगाए नेपाली चियाको बजारमा गिरावट आउने बताएका छन्। बदनाम भारतीय व्यापारीका अनुसार नेपालको चिया भारत भित्रिएपछि भारतको दार्जीलिङको चियाको रुपमा विक्री गर्ने गरिएको छ। उनीहरुले नेपालमा उत्पादित चिया पूर्ण प्रांगारिक अर्थात अर्ग्यानिक नभएको दाबी गरेका छन्। विश्व बजारमा भारत पश्चिम बंगालको पहाडि जिल्ला दार्जीलिङमा उत्पादित अर्थोडक्स चियालाई…
काँकरभिट्टा। पशु क्वारेन्टाइन चेकपोस्ट काँकरभिट्टाका पशु स्वास्थ्य प्राविधिक गंगाप्रसाद यादव भारतबाट आयात गरिएका माछाको भूँडी थिचेर खान योग्य छ छैन हेर्दै थिए । यो उनले माछा जाँच गर्ने नियमित प्रक्रिया हो । त्यस्ता आयात गरिएका माछा न कुनै प्रयोगशालामा लगेर जाँचिन्छ न त्यस्ता माछा मानव स्वास्थ्यलाई हानी पुग्ने पदार्थ छ छैन भनेर जाँचिन्छ । यादवले भारतबाट आयात गरिएका माछाको स्वास्थ्य परीक्षण छामेर वा सुँघेर गरिने गरिएको बताए । उनले भने, ‘हामी माछाको भूँडी थिचेर र सुँघेर थाह पाउँछौं माछा खान योग्य छ कि छैन भनेर ।’ राजधानी काठमाण्डौमा मन्त्रीकै अग्रसरतामा मासुबजारको अनुगमन भए पनि भारतसंग जोडिएका सीमा नाकामा भारतबाट आयात…
काठमाण्डौं । अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारढा नेपालका रुपन्देही र कपिलवस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ । सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो । भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार गर्दै सडक उच्च र पक्कि बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे । बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको…
काठमाण्डौं । भूकम्पपछिको पुनर्निर्माणका लागि खटिएका दुई हजार पाँच सयभन्दा बढी इन्जिनियर बाटोबाटै काम गरिरहेका छन् । सुरक्षित भवन बनाउन खटिएका उनीहरु आफू बस्ने भवन नहुँदा सम्पर्कका भरमा बाटोबाटै स्थानीयका घरमा पुगी काम गर्न बाध्य भएका हुन् । द्वन्द्वकालदेखि सदरमुकाम बस्ने बानी परेका सचिवका कारण पनि इन्जिनियर बाटोबाटै काम गर्न बाध्य भएका हुन् । सरकारले वैशाख दोस्रो सातादेखि भूकम्प प्रभावित १४ जिल्लामा एक हजार तीन सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र पाँच सय ७५ सहायक सब इन्जिनियर खटाएको छ । सहरी विकास मन्त्रालयका पवक्ता शिवहरि शर्माले गाविसचिव गाउँमा नबसेपछि इन्जिनियरहरु भूकम्प प्रभावित जिल्लामा बाटोबाटै काम गर्न बाध्य भएको…
काठमाण्डौं । नयाँ सरकार गठनबारे संसद्ले कस्तो जानकारी पठाउँछ त्यसैका आधारमा निर्णय गर्ने राष्ट्रपति कार्यालयको सोचाइ छ। प्रतिनिधिसभाको निर्वाचन नभएसम्म रहने संक्रमणकालीन व्यवस्थाका लागि संविधानले धारा २९५ देखि ३०५ सम्म विभिन्न व्यवस्था गरेको छ। तर, त्यहाँ सरकार गठनका लागि राष्ट्रपतिले जानकारी लिने अथवा आह्वान गर्ने कुनै व्यवस्था छैन। त्यस्तै, संसद्को कार्य सञ्चालन नियमावलीमा पनि सहमतीय वा बहुमतीय सरकार गठन हुनसक्ने, तर त्यसको आह्वान राष्ट्रपतिले गर्ने भन्ने व्यवस्था उल्लेख छैन। त्यसैले अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनका लागि संसद्ले राष्ट्रपतिलाई कस्तो भूमिका दिन्छ भन्ने विषयमा स्वयं राष्ट्रपति कार्यालय पनि स्पष्ट छैन। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘संविधानको कुन आधारमा…
काठमाण्डौं । मानिसको जन्म र मृत्यु स्वतः सिद्ध छ । यसमा संस्कार गर्ने परम्परागत विधिलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरा एक बुहारीले सासूलाई दागबत्ती दिनेदेखि काजकिरिया गर्ने कामको थालनीबाट गरेकी छन् । काभ्रेको पातलेखेत गाविस-१ मलिनचौरकी सरस्वती धितालले यसको थालनी गरेकी हुन् । सम्भवतः नेपालमै सरस्वतीले सासूलाई दागबत्ती दिएर काजकिरिया थालनी गरेको पहिलो घटना हुनसक्छ । पातलेखेतको सामान्य परिवारकी एकल महिला नेत्रकुमारी धितालको बिहीबार विहान ८४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गिय धितालको पनौती घाटमा हिन्दु परम्पराअनुसार बुहारी सरस्वतीले दागबत्ती दिएर अन्तिम संस्कार गरेकी थिइन् । समाजलाई परिवर्तनको मागैमा अघि बढ्न प्रेरणाको स्रोत बन्दै आफ्नो दायित्व पूरा गर्दै…
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ । शुक्रवारै संसदमा छलफलपछि निर्णयार्थ पेस गरिएका आश्रित बजेटसम्बन्धी तीनवटा विधेयक भने बुहमतले अस्वीकृत भएका छन् । यससँगै ९ महिनाअघि तत्कालीन एकीकृत माओवादीसहित दलको समर्थनमा बनेको ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसद् बैठकमा शुक्रबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन विधेयक) अस्वीकृत भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री विरुद्व प्रस्ताव पेस गरेका…
काठमाण्डौं । उपत्यकाका प्रहरी कार्यालय तीन–चार वर्षअघिसम्म टाइपराइटरका भरमा चलेका थिए । तर, अहिले टाइपराइटर विस्थापित गरेर गुगलम्यापका आधारमा पुलिसिङ हुन लागेको छ । गुगलम्याप, भिडियो लाइभ हुने सञ्चारसेट तथा ड्रोनबाट पुलिसिङको तयारी गरेर नेपाल प्रहरीले डिजिटल प्रविधिमा आफूलाई अघि बढाएको छ । ड्रोन पुलिसिङको तयारी प्रहरीले यही वर्षदेखि ड्रोन पुलिसिङको तयारी गरेको छ । ट्राफिक व्यवस्थापन तथा आन्दोलनको अवस्था नियाल्न ड्रोन (युएभी क्यामरा) प्रयोग गर्न लागेको छ । ‘ड्रोन चलाउन चारजनालाई तालिम दिइसकेका छौा, अब खरिदको तयारीमा छौ,’ डिआइजी राजीव सुब्बाले भने । प्राकृतिक प्रकोपमा प्रभावकारी हुने विश्लेषणका आधारमा ड्रोन क्यामरा प्रहरीले प्रयोग गर्न लागेको हो । गत वर्षको…
विर्तामोड । प्रेस सेन्टर झापाको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयान गरेको हो । समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लिलाराज झापाली, सहसहचिव उद्धव पुरी र कोषाध्यक्षमा सुष्मा कुमाल निर्वाचित भएका हुन । आगमी तीन बर्षे कार्यकाल रहने समितिको सदस्यमा होमप्रकाश अधिकारी, प्रकाश उप्रेती, खगेन्द्र घिमिरे ,चिरञ्जीवि घिमिरे, गीता खड्का, सन्तोष शर्मा, ओमप्रकाश गौतम, राजु बराल छन् । त्यस्तै सम्मेलनले निर्मला तिम्सीना, झुलन रेग्मी, राजु पाठक, डण्डीराज घिमिरे, प्रेम आचार्य, बिरु दर्नाल, प्रकाश उप्रेती, चिरञ्जीवि घिमिरे,सन्तोष शर्मा, सुष्मा कुमाल, लिलाराज झापालीलाई १ नम्बर प्रदेशको प्रतिनिधिमा छानेको छ । क्रान्तिकारी पत्रकार…