विर्तामोड । प्रेस सेन्टर झापाको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयान गरेको हो ।
समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लिलाराज झापाली, सहसहचिव उद्धव पुरी र कोषाध्यक्षमा सुष्मा कुमाल निर्वाचित भएका हुन । आगमी तीन बर्षे कार्यकाल रहने समितिको सदस्यमा होमप्रकाश अधिकारी, प्रकाश उप्रेती, खगेन्द्र घिमिरे ,चिरञ्जीवि घिमिरे, गीता खड्का, सन्तोष शर्मा, ओमप्रकाश गौतम, राजु बराल छन् ।
त्यस्तै सम्मेलनले निर्मला तिम्सीना, झुलन रेग्मी, राजु पाठक, डण्डीराज घिमिरे, प्रेम आचार्य, बिरु दर्नाल, प्रकाश उप्रेती, चिरञ्जीवि घिमिरे,सन्तोष शर्मा, सुष्मा कुमाल, लिलाराज झापालीलाई १ नम्बर प्रदेशको प्रतिनिधिमा छानेको छ । क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबिचको एकीकरण पछि भएकोे सम्मेलनले जिल्लामा नेतृत्व चयन गरेको हो ।