Author: admin
पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् । गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा ओलीले दाहाललाई सहकार्यको प्रस्ताव राखेका छन् । दुई नेताबीच वार्ता भएको ओली र दाहाल दुवैको सचिवालयले पुष्टि गरेको छ । केपी ओलीले फोन गरेर जितका लागि दाहाललाई बधाइ दिएको र दाहालले पनि बधाइ ज्ञापन गरेको दाहालको सचिवालयले बताएको छ । लामो समयदेखि ओली र दाहालबीच सम्बन्ध चिसिएका बेला बिहीबार फोन वार्ता भएको हो । आम निर्वाचनको परिणामले कसैको पनि बहुमत नआउने स्थिति देखिएपछि एमाले र माओवादी अध्यक्षबीच भएको यो फोन वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
भद्रपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं ३ बाट निर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले दिएको अभिमतमाथि घात नगर्ने प्रतिबद्धता जनाएका छन्। निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले जनताले दिएको साथ र देखाएको विश्वासमा तुसारापात हुन नदिने बताए। कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गरेका लिङदेनले आफ्नो जितलाई आफूले उठाउँदै आएको एजण्डा र विचारको पनि जित भएको भनेका छन्। ‘सामान्य हार जितको लडाइँ मात्र लडेको थिइन। निकतटम प्रतिद्वन्दि र म फरक विचार र प्रवृत्तिको प्रतिनिधित्व गर्थ्यौँ। हामी नितान्त फरक ध्रुवका थियौँ,’ लिङदेनले भने,’त्यो विचार र प्रवृत्तिसँग मैले चुनावी मैदानमै दुई पटक सामना गर्ने मौका पाउनु र मेरो विचार…
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन्। भर्खरै सार्वजनिक मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्। लिङदेले ४० हजार ६४८ मत प्राप्त गरेका छन्। सिटौलाले ३७ हजार ३७२ मत पाए।
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मतपरिणामले अब फोहोरी खेल सुरु हुने बताएका छन्। झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका अध्यक्ष ओलीले प्रमाणपत्र ग्राहण गर्दै निर्वाचनको मत परिणामले कसैको एकल सरकार नबन्ने बताए। उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए। ‘निर्वाचनको परिणामले कुनै पार्टीको बहुमत सरकार बन्दैन। मिलीजुली सरकार बन्छ। मिलीजुली सरकार बनाउँदा सुरुबाटै योग्य मान्छे दिनसक्ने स्थीति हुँदैन। बहुमत पुर्याउनका लागि अब फोहोरी खेल सुरु हुन्छ,’ उनले भने।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी हुने भएका छन्। मतगणना सकिनै लाग्दा लिङ्देनले गणना हुन बाँकी मत र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाबीचको मतअन्तर धेरै छ। अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ। उक्त क्षेत्रमा लिङदेनलाई एमालेले सहयोग गरेको थियो।
हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह मकवानपुर प्रतिनिधिसभा–१ मा निर्वाचित भएका छन्। सिंह २ हजार ३९३ मत अन्तरसहित निर्वाचित भएका हुन्। उनले २७ हजार ८१४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत प्राप्त गरिन्। नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४२० मत प्राप्त गर्दै तेस्रो भए।
झापा । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् । एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । यसैगरी घण्टी चुनाव चिन्ह भएका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।
काठमाडौं। ललितपुर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कि विजयी भएकी छिन्। अन्तिम मत विवरण यसप्रकार छ:तोसिमा कार्की, रास्वपा ३११३६अमृत खड्का, एमाले १२९६३पम्फा भुसाल, माओवादी केन्द्र ८७६९
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।