काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा ओलीले दाहाललाई सहकार्यको प्रस्ताव राखेका छन् ।
दुई नेताबीच वार्ता भएको ओली र दाहाल दुवैको सचिवालयले पुष्टि गरेको छ । केपी ओलीले फोन गरेर जितका लागि दाहाललाई बधाइ दिएको र दाहालले पनि बधाइ ज्ञापन गरेको दाहालको सचिवालयले बताएको छ ।
लामो समयदेखि ओली र दाहालबीच सम्बन्ध चिसिएका बेला बिहीबार फोन वार्ता भएको हो । आम निर्वाचनको परिणामले कसैको पनि बहुमत नआउने स्थिति देखिएपछि एमाले र माओवादी अध्यक्षबीच भएको यो फोन वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
Facebook Comments Box