पाँचथर । पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् ।
गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् ।
नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।
नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४ सालमा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
Facebook Comments Box