Author: admin
काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष…
काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटारमा कांग्रेस सांसदहरुलाई शनिबार साढे १२ बजे बोलाइएको एक सांसदले जानकारी दिए। राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्नका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएपछि देउवाले आन्तरिक र बाह्य छलफल तीव्र बनाएका छन्। उनले शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत…
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताएकी छन् । उनले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताइन् । पत्रकार महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन । तर,पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक रहेको छ ।’ उनले विचार र अभिव्यक्ति स्वतन्त्रतको सम्मान राज्यले गर्नुपर्ने बताइन् । सूचनााको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष रहेको भन्दै उनले महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने…
काठमाडौं । नेपाल प्रहरीले ५ केजी ६ सय ग्राम अवैध लागूऔषध कोकिन सहित दुई बिदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युक्रेन र थाइल्याण्डका महिलालाई ठूलो परिमाणको अवैध कोकिन सहित पक्राउ गरिएको जानकारी दिएको हो । पुष ६ गते दुवईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाइ लुकाइराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केहि अमेरिकी डलर, थाई भाट र नेपाली रुपैया बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए । थप अनुसन्धानको…
काठमाडौं । चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह भएको भन्दै थप शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहणसँगै उनले थप शपथ लिएका हुन् । शपथग्रहणपछि उनले फेसबुकमा लेखेका छन्, ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।’ अघिल्लो कार्यकालमा आफू एक्लै भएपनि अहिले चौध जना भएको उल्लेख गर्दै भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु ।’ मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसदहरुलाई बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ…
काठमाडाैँ । नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। जसमध्ये २८ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन्। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ। आजकाे सपथ ग्रहण समाराेहमा एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसकी माया राई, नेसपाका सांसद् महिन्द्रराय यादव र नेकपा माओवादी केन्द्रका सांसद् रामकुमार राई भने अनुपस्थित छन्।
पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनेछन् । त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई सहभागी हुन संसद सचिवालयले आह्वान गरेको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै १२ वटा राजनीतिक दलका नेताहरूलाई बोलाइएको संसद सचिवालयले जनाएको छ । प्रत्येक दलबाट एक / एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ । बैठकमा…