काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाएका छन्।
प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटारमा कांग्रेस सांसदहरुलाई शनिबार साढे १२ बजे बोलाइएको एक सांसदले जानकारी दिए।
राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्नका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएपछि देउवाले आन्तरिक र बाह्य छलफल तीव्र बनाएका छन्। उनले शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
Facebook Comments Box