सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताएकी छन् ।
उनले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताइन् ।
पत्रकार महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन । तर,पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक रहेको छ ।’
उनले विचार र अभिव्यक्ति स्वतन्त्रतको सम्मान राज्यले गर्नुपर्ने बताइन् । सूचनााको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष रहेको भन्दै उनले महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास रहेको बताइन् ।
Facebook Comments Box