काठमाडाैँ । नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। जसमध्ये २८ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन्।
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।
आजकाे सपथ ग्रहण समाराेहमा एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसकी माया राई, नेसपाका सांसद् महिन्द्रराय यादव र नेकपा माओवादी केन्द्रका सांसद् रामकुमार राई भने अनुपस्थित छन्।
Facebook Comments Box