Author: admin
काठमाडौं । राष्ट्रपतिले सहमतिय सरकार गठनको लागि दिएको सात दिनको समयसीमा आज सकिँदै गर्दा संसद सचिवालयले बहुमतिय सरकार गठनको लागि प्रक्रिया अगाडी बढाएको छ । संसद सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते गराउने तयारी गरेको छ । राष्ट्रपतिद्धारा सहमतिय सरकार गठनको लागि आव्हान गरिएको समय आज सकिएपछि संसद सचिवालयले भोली निर्वाचन कार्यक्रम सार्वजानिक गर्ने तयारी गरेको छ । व्यवस्थापिका संसदको बैठक भोली सोमबार बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार साउन १८ गते मंगलबार प्रधानमन्त्री पदको उम्मेद्वारी मनोनयनको समय तोकिने छ । त्यस्तै १९ गते विहीकार संसदबाट प्रधानमन्त्री चयनको कार्यक्रम तय हुन लागेको छ । कांग्रेस र माओवादी गठबन्धनबाट माओवादी…
क्याम्बोडिया – क्याम्बोडियाका प्रधानमन्त्री साम्देक टेको हुन सेनले इराक र मध्यपूर्वका देशहरुमा रक्तपातपूर्ण द्वन्द्व मच्चाउनमा अमेरिकाको हात रहेको भनी दोषारोपण गरेका छन् । राजधानी न्होमपेन्को पिस प्यालेसमा भेला भएका युवा समूहलाई सम्बोधन गर्दै प्रजातन्त्र र मानव अधिकारको प्रबद्र्धन गर्ने नाममा अमेरिकाले मध्यपूर्वका देशहरुमा रक्तपातपूर्ण द्वन्द्वको ज्वाला फैलाउने काम गरिरहेको बताएका छन । यसैकारण दिनहूँ सयौं, हजारौं मानिसहरु मारिइ रहेका र दसौं लाख त्रस्त नागरिकहरु आफ्नो देश छाडी यूरोपतर्फ पलायन हुन बाध्य पारेको भन्ने आरोप पनि उनले लगाएका छन् । ‘गलत प्रवृत्तिले विश्व राजनीति चलाउँदा यस्तो परिणाम निस्केको र अमेरिकाले गलत राजनीति गरिरहेको छ । अमेरिकी नेतृत्वको सैनिकशक्तिले इराकलाई परास्त गरी…
सुनसरी । सवारी चालक अनुमती पत्र (लाईसेन्स) बनाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । कोशी अञ्चल यातायात कार्यालयको सवारी चालक अनुमती पत्र ( लाइसेन्स) वितरण कार्यालयमा बसी सेवाग्राहीलाई लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने रिजनकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीको भरौल ६ घर भएका चौधरीले ९ जना सेवाग्राहीहरुबाट ७३ हजार ४ सय ठगेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले जानकारी दिए । यातायत कार्यालय परिषरमै लाइसेन्स किनबेच हुने गरेको भन्ने गुनोसो आउन थालेपछि सो क्षेत्रमा विगत केहि दिनदेखि निगरानी गर्दै आएको अधिकारीले बताए । पक्राउ परेका चौधरीको विषयमा थप अनुसन्धान भैरहेको…
बिर्तामोड । झापाका राजनीतिक दलहरुले स्थानीय तहको पुनःसंरचनाका लागि ६ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संरचना अनुसार स्थानीय तहको पुनःसंरचनालाई सहज र निर्विवाद बनाउनका लागि झापामा दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘स्थानीय तहको पुनःसंरचना, सम्भावना र चुनौति विषयमा’ संवाद समूहको सचिवालय झापाको संयोजनमा आज आइतबार बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिले विभिन्न सुझावसहित प्रतिबद्धता व्यक्त गरेका छन् । संविधानको प्रभावकारी कार्यान्वयनका लागि असन्तुष्ट दलहरुका जायज मागलाई उचित प्रक्रियाबाट सम्बोधन गर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । छलफलमा सहभागी संघीय गठबन्धनका दलहरुले फरक धारणा राखेपछि साझा धारणा तयार गर्न…
काठमाडौं – हाँस्य कलाकार दीपकराज गिरीले इतिहास प्रधानमन्त्री बनाउनेको नभई देश बनाउनेको लेखिने बताएका छन् । कलाकार गिरीले फेसबुकमा स्ट्याटस लेख्दै इतिहास देश बनाउनेकाे हुने बताएका हुन् । कलाकार गिरीले भनेका छन् ‘बामदेव गौतमले भनेछन् दाहाललाई प्रधानमन्त्री बनाउन सकिन्न । अस्ती प्रचण्डलेनै भने दुई तीन जना साथीलाई मैले प्रधानमन्त्री बनाए । बाबुराम, केपी ओली, झलनाथ खनाल ।’ त्यस्तै स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर गए । यसले उसलाई बनाए भन्छ, उसले उस्लाई बनाए भन्छ । तर इतिहास मान्छे बनाउनेको होइन देश बनाउनको लेखिन्छ कलाकार गिरीले लेखेका छन् ।
विर्तामोड । तराईका आँखा अस्पतालहरु खुलेदेखि नै भारतीय आँखाका रोगीहरुले धान्दै आएका छन् । तराईका विभिन्न स्थानमा स्थापनामा भएका सुविधा सम्पन्न आँखा अस्पतालहरुमा ६० प्रतिशत भन्दा बढी भारतीय विरामीहरु आउने गरेका छन् । झापाको विर्तामोडस्थित मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीका अनुसार भारतीय विरामीहरुनै तराईका आँखा अस्पतालहरुका लागि आर्थिक स्रोत हुन् । उनले भने, ‘हाम्रो अस्पताल खुलेदेखि नै सुविधा र भारतको तुलनामा सस्तो उपचार हुने भएकाले भारतका आँखा रोगी हामीकहाँ आउने गरेका छन् ।’ विगतमा नेपालका सयौं मानिस भरपर्दो उपचारका लागि भन्दै भारतका विभिन्न शहरका अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो । आँखा अस्पतालहरुमा पाएको विश्वसनीय उपचारसंगै अब अन्य…
काठमाण्डौं । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ । तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको हो । आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन् । संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन् । निर्वाचन आयुक्त इला शर्मालाई तीन लाख दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमाले नेता सोमनाथ अधिकारी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई पाँच–पाँच लाख रुपैयाँ दिइएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवनकुमार गौतमलाई एक लाख रुपैयाँ दिइएको…
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेद्वार प्रचण्डलाई नाजवाफ त बनाए नै, त्यो सँगै एमाले सरकारमा नजाने र सबल प्रतिपक्षको भूमिका निभाउने फैसला पनि सुनाएका थिए । प्रचण्ड राष्ट्रपतिबाट भएको सहमतीय सरकार निर्माणयको सन्दर्भमा आफ्नो नेतृत्वको सरकामा सामेल हुने निमन्त्रणासहित प्रधानमन्त्री तथा एमाले अध्यक्षसँग भेट गर्न शनिबार बालुवाटार पुगेका थिए । ‘भेटमा प्रधानमन्त्रीले के सन्दर्भमा भेट्न खोजनुभएको हो भनि प्रश्न गरेपछि दाहालले राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले राष्रिय सहमतिको सरकारको बारेमा तपाईँको दल र तपाईँसँग सहकार्य गर्न खोज्ने कांग्रेसको धारणा के…
काठमाडौं– काठमाडौंदेखि पश्चिमी क्षेत्रमा अधिक वर्षा हुनसक्ने भन्दै त्यसक्षेत्रमा अझै केही दिन सतर्कता अपनाउन मौसमविद्ले सबैसँग आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार मनसुनको न्यून चापीय रेखा अझै नेपाली वायुमण्डलमा सक्रिय भइरहेकाले नेपालका पश्चिमी भेगमा भारी वर्षा हुनसक्ने प्रवल सम्भावना अझै रहेको छ । जसले गर्दा त्यसक्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या अझै आउनसक्ने देखिएकाले सबैले सतर्कता अपनाउन जरूरी छ । गत एक हप्तायता देशभर वर्षाको वितरण एकनाश भए पनि शनिबार रातिदेखि आउँदो सोमबारसम्म बढी सक्रिय हुने विद्यमान मनसुनको स्थानीय प्रणालीले कुनै क्षेत्रमा मात्र बढी पानी पर्ने खण्डवृष्टि हुने सम्भावना रहेको छ ।…
काठमाण्डौं । बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाइृ सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ । मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबहिरका हुन् । उनीहरुले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन् । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रुपमा परिभाषित गरिएको छ । अाजकोअन्नपूर्णमा समाचार छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ । विरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले…