काठमाडौं । राष्ट्रपतिले सहमतिय सरकार गठनको लागि दिएको सात दिनको समयसीमा आज सकिँदै गर्दा संसद सचिवालयले बहुमतिय सरकार गठनको लागि प्रक्रिया अगाडी बढाएको छ ।
संसद सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते गराउने तयारी गरेको छ । राष्ट्रपतिद्धारा सहमतिय सरकार गठनको लागि आव्हान गरिएको समय आज सकिएपछि संसद सचिवालयले भोली निर्वाचन कार्यक्रम सार्वजानिक गर्ने तयारी गरेको छ ।
व्यवस्थापिका संसदको बैठक भोली सोमबार बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार साउन १८ गते मंगलबार प्रधानमन्त्री पदको उम्मेद्वारी मनोनयनको समय तोकिने छ ।
त्यस्तै १९ गते विहीकार संसदबाट प्रधानमन्त्री चयनको कार्यक्रम तय हुन लागेको छ । कांग्रेस र माओवादी गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको उम्मेद्वार बन्ने पक्का भएको छ ।
एमालेले प्रतिस्पर्धीमा कसलाई खडा गर्ने भन्ने कुरा अहिले सम्म टुंगो लगाइसकेको छैन ।