काठमाडौं – हाँस्य कलाकार दीपकराज गिरीले इतिहास प्रधानमन्त्री बनाउनेको नभई देश बनाउनेको लेखिने बताएका छन् । कलाकार गिरीले फेसबुकमा स्ट्याटस लेख्दै इतिहास देश बनाउनेकाे हुने बताएका हुन् ।
कलाकार गिरीले भनेका छन् ‘बामदेव गौतमले भनेछन् दाहाललाई प्रधानमन्त्री बनाउन सकिन्न । अस्ती प्रचण्डलेनै भने दुई तीन जना साथीलाई मैले प्रधानमन्त्री बनाए । बाबुराम, केपी ओली, झलनाथ खनाल ।’
त्यस्तै स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर गए । यसले उसलाई बनाए भन्छ, उसले उस्लाई बनाए भन्छ । तर इतिहास मान्छे बनाउनेको होइन देश बनाउनको लेखिन्छ कलाकार गिरीले लेखेका छन् ।
Facebook Comments Box