सुनसरी । सवारी चालक अनुमती पत्र (लाईसेन्स) बनाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
कोशी अञ्चल यातायात कार्यालयको सवारी चालक अनुमती पत्र ( लाइसेन्स) वितरण कार्यालयमा बसी सेवाग्राहीलाई लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने रिजनकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको भरौल ६ घर भएका चौधरीले ९ जना सेवाग्राहीहरुबाट ७३ हजार ४ सय ठगेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले जानकारी दिए ।
यातायत कार्यालय परिषरमै लाइसेन्स किनबेच हुने गरेको भन्ने गुनोसो आउन थालेपछि सो क्षेत्रमा विगत केहि दिनदेखि निगरानी गर्दै आएको अधिकारीले बताए । पक्राउ परेका चौधरीको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box