Author: admin

सर्लाही – हरिवन नगरपालिका–८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय क्षेत्रबाट ल्याएर रोपेको ४ वर्षपछि बोटबाट केरा पसाउन थालेको मोहनबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले पाकेपछि मोलभोग जातका केराको झैँ गुलियो स्वाद आउने बताउनुभयो ।  कोसाका पाटाहरु पूरा भई पुष्ट भएपछि र फलको आकार गोलो र रङ्ग हरियोबाट हल्का हरियो भएपछि घरी काट्ने गरिएको यस केराको जात के हो भन्ने केरा धनीलाई पनि जानकारी छैन । जिल्ला कृषि विकास कार्यालयका बागवानी प्राविधिक सहायक कैलाश साहले वसराई ड्वार्फ, हरिछाल,…

Read More

काठमाडौं – नयाँ प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेद्वारी परेको छ । मंगलबार बिहान ११ बजेर २६ मिनेट जाँदा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा दाहालले उम्मेद्वारी दर्ता गर्नुभएको हो । दाहालको प्रस्तावकमा कांग्रेसका शेरबहादुर देउवा हुनुहुन्छ भने समर्थकमा माओवादी केन्द्रका कृष्णबहादुर महरा, तथा संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण तथा साना दलका तर्फबाट जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झालगायतको समर्थन छ । उम्मेद्वारी दर्ता गर्ने समय दिउँसो ४ बजेसम्म मात्रै थियो । यसैअघि मंगलबार बिहान बसेको नेकपा एमालेकोे स्थायी कमिटी बैठकले आफ्नो पार्टीका तर्फबाट कसैलाई पनि उम्मेदवार…

Read More

भद्रपुर । केही दिनअघिको लगातारको बर्षाले धेरै स्कुले बालबालिकाको किताब कपी लगायतका शैक्षिक सामाग्री बगाएको वा डुबाएको छ । कतिको गाउँ पसेको खोलाले बगाएको छ भने कतिको घर पानीमा डुब्दा उनीहरुका किताब कपी पनि डुबेको छ । अहिले पनि उनीहरु कसरी पढने भन्ने चिन्तामा छन् । लगातारको बर्षाले विशेषगरी दक्षिणी झापा जलमग्न बनाइदियो । मानिसलाई घरबार विहीन बनाइदियो । घर गाउँ टोल सबै जलमग्न भए । खानेकुरा लत्ताकपडा त सबै पानीले बगाइदियो । त्यस्मा पनि स्कुल जाने बालबालिकाका पाठ्य पुस्तक कपी लगायतका शैक्षिक सामाग्री पनि केही बाँकी रहेनन् । दक्षिणी झापाका पाठामारी केचना भद्रपुर पृथ्वीनगर लगायतका स्थानहरुमा आदिवासी राजवंशी मुसलमान…

Read More

भद्रपुर ।  झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका भनिएका राजकुमार राजवंशीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको उत्तर प्रदेशमा पक्रेर नेपाल ल्याइएको छ । बुधबारे-५ झापास्थित डिल्लीराम प्रसाईंको घरमा दुई साता अघि मावलघर आएकी शान्तिनगर-१ की ११ वर्षीया तनुजा कोइरालाको बलात्कारपछि हत्या भएको थियो । उनलाई बलात्कारपछि हत्या गरेर फरार रहेका भनिएका प्रसाईंकै घरमा श्रमिक बसेका राजवंशीलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग मागेको थियो । राजवंशीलाई भारतको उत्तर प्रदेशको नन्दिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजवंशीलाई झापा ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

Read More

बिर्तामोड  । नेकपा माओवादी केन्द्र झापाको पहिलो एकता भेला आगामी साउन २५ गते विर्तामोडमा हुने भएको छ । सोमबार बसेको पार्टीको वैठकले सो निर्णय गरेको हो । केहि महिना पहिले विभिन्न बाम घटकमा रहेका १० माओवादीहरु एक भएर माओवादी केन्द्र बनेपछि झापामा यो पहिलो एकता भेला हने भएको हो । एकता भेलाका लागि बिभिन्न उपसमिति गठन गर्रिएको छ । ब्यवस्थापन उपसमितिमा बिजय साम्पाङ राई, ज्योतीसिंह दर्लामी, सञ्चार नेम्वाङ, यसैगरी स्वयम सेवक ब्यवस्थापन समितिमा राजु आचार्य अग्नी, नरेश संजेल, डम्वरबहादुर पुलामी रबिमल राई रहेका छन् भने अतिथि ब्यवस्थापनमा झलकसिंह दर्लामी, पुरुषोत्तम चुडाल, बोधराज दाहाल, रोशन कन्दङ्वा, बन्दना झांगड र सिता सापकोटा रहेका…

Read More

बिर्तामोड  । नेकपा माओबाद्री केन्द्र झापाले सडक दुर्घटनामा परी ज्यान गुमाएका पूर्व अर्थ राज्यमन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष हरिराज खेवाको स्मृतिमा शोकसभा गरेको छ । पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य राजु आचार्य अग्निले सोमबार मृतक खेवाको जीवनी तथा राजनीतिक पृष्ठभुमिको बारेमा बोल्दै शोक बक्तब्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पार्टीका पोलिट ब्यूरो सदस्यहरु झलकसिङ् दर्लामी, बिजय साम्पाङ राई, लगायतले शोक मन्तब्य राखेका थिए । गत साउन १३ गते धनकुटाको सिधवा गाबिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उनका दुई छोरी र श्रीमती रहेका छन् । खेवा ०६४ को पहिलो संविधानसभा निर्वाचनमा धनकुटाको क्षेत्र नम्बर…

Read More

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले राजनीतिक रुपमा प्रभावशाली व्यक्तिलाई लकर सुविधा प्रयोग गर्न दिँदा विशेष सावधानी अपनाउनुपर्ने भएको छ । केही महिनाअघिमात्रै पूर्वराज्यमन्त्रीसमेत रहेका तत्कालीन एकिकृत नेकपा माओवादीका नेता ल्यारक्याल लामाको बैंक लकरमा पेस्तोलको गोली भेटिएपछि राजनीतिकर्मीले प्रयोग गर्ने लकरको विशेष अनुगमनको व्यवस्था गर्न लागिएको आजकोराजधानी दैनिकमा समाचार छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै यस्तो व्यवस्था अनिवार्य गर्ने भएको हो । सोमबार जारी गरिएको निर्देशनमा सबैै बैंक ताथा वित्तिय संस्थाले आफ्नो लकर प्रयोगकर्तालाई चार वर्गमा विभागन गरी सोहीबमोजिम अनुगमनको व्यवस्था गर्न भनिएको छ । चार बर्गमध्ये एक वर्गमा पोलिटिकल्ली एक्सपोज्ड  पर्सनलाई राखिएको छ…

Read More

 काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ११ न्यायाधीशले सोमबार शपथ लिएसँगै प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरूका लागि इजलाससमेत तोकिन् । प्रधानन्यायाधीशले १२ वटा संयुक्त इजलास र दुईवटा पूर्ण इजलास गरी २८० वटा पेसी राख्न लगाएकी थिइन् । नवनियुक्त न्यायाधीश दीपककुमार कार्कीले पुराना न्यायाधीश जगदीश शर्मा पौडेलसँग मिलेर सोमबार २२ वटा पेसीमा सुनुवाइ गर्ने तोकिएको थियो । केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेलाई इजलास नम्बर १० मा १० र १९ वटा पेसी तोकिएको छ । महिला न्यायाधीश मात्रको इजलास १२ मा मीरा खड्का र सपना प्रधान मल्लका लागि आठवटा पेसी तोकिएको थियो । सर्वोच्च अदालतमा नियुक्त ११ न्यायाधीशले सोमबार पदभार ग्रहण गरेका छन् ।…

Read More

काठमाडौं– नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रुपमा हुनु पर्ने र विभिन्न जिल्ला तथा क्याम्पसमा भएका फर्जी प्रतिनिधिहरुलाई मतदाता सूचीबाट हटाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आमरण अनशन बसेका विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेल बेहोस भएका छन् । गत शनिवारेदेखि आमरण अनशन बसेका उनीहरु बेहोस भएपछि सोमबार चिकित्सक लगेर उपचार गरिएको संघका नेता बलदेव तिमल्सिनाले बताए । यसैबीच नेविसंघको महाधिवेशन गराउन पार्टीद्वारा गठित निर्देशक समितिका संयोजक प्रकाशशरण महत र सदस्य प्रदिप पौडेलले अनशनस्थल पुगेर दुवैलाई अनशन स्थगित गर्न आग्रह गरेका छन् । नेताहरुले जिल्ला र क्याम्पसमा विधिवत् अधिवेशन नभई त्यत्तिकै गठन गरिएका समिति र फर्जी प्रतिनिधि खारेज…

Read More

काठमाडौं । सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ । कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो । कागजमा आकर्षक तलवसुविधाको आश्वासन दिने तर व्यवहारमा त्यस अनुसारका कार्यान्वयन नगरेका दर्जनौं उजुरीका आधारमा सरकारले ती कम्पनीमा कामदार पठाउन रोक लगाएको आजको अन्नपूर्णमा समाचार छ । नेपाल एक सय १० वता मुलुकमा कामदार पठाउन खुल्ला गरेको भए पनि कारबाहीमा परेका सबै कम्पनी मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी जम्म चारवटा देशका मात्र छन् । ती मुलुकका केही कम्पनीले विदेशी कामदार मगाएर अलपत्र पारेको समेत वैदेशिक रोजगार…

Read More