बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाको पहिलो एकता भेला आगामी साउन २५ गते विर्तामोडमा हुने भएको छ ।
सोमबार बसेको पार्टीको वैठकले सो निर्णय गरेको हो । केहि महिना पहिले विभिन्न बाम घटकमा रहेका १० माओवादीहरु एक भएर माओवादी केन्द्र बनेपछि झापामा यो पहिलो एकता भेला हने भएको हो ।
एकता भेलाका लागि बिभिन्न उपसमिति गठन गर्रिएको छ । ब्यवस्थापन उपसमितिमा बिजय साम्पाङ राई, ज्योतीसिंह दर्लामी, सञ्चार नेम्वाङ, यसैगरी स्वयम सेवक ब्यवस्थापन समितिमा राजु आचार्य अग्नी, नरेश संजेल, डम्वरबहादुर पुलामी रबिमल राई रहेका छन् भने अतिथि ब्यवस्थापनमा झलकसिंह दर्लामी, पुरुषोत्तम चुडाल, बोधराज दाहाल, रोशन कन्दङ्वा, बन्दना झांगड र सिता सापकोटा रहेका छन् भने आर्थिक ब्यवस्थापनमा सीपी कडरिया, गगन पुरी, लक्ष्मी न्यौपाने रहेका छन् ।
त्यस्तै प्रचारप्रसार समितिमा गगन पुरी, दयाराम दाहाल, पत्रकार टिकाराम उप्रेती, झुलन रेग्मी, लिलाराज झापाली र उद्धव पुरी रहेको कार्यालय सचिव चुडेन्द्र अधिकारीले बताए ।
सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा पार्टीका १ नम्बर प्रदेश इन्चार्ज राम कार्की पार्थ, सुरेशकुमार राई हिमाल लगायतका नेता आउने कार्यालय सचिव अधिकारीले जानकारी दिए