काठमाडौं– नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रुपमा हुनु पर्ने र विभिन्न जिल्ला तथा क्याम्पसमा भएका फर्जी प्रतिनिधिहरुलाई मतदाता सूचीबाट हटाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आमरण अनशन बसेका विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेल बेहोस भएका छन् ।
गत शनिवारेदेखि आमरण अनशन बसेका उनीहरु बेहोस भएपछि सोमबार चिकित्सक लगेर उपचार गरिएको संघका नेता बलदेव तिमल्सिनाले बताए । यसैबीच नेविसंघको महाधिवेशन गराउन पार्टीद्वारा गठित निर्देशक समितिका संयोजक प्रकाशशरण महत र सदस्य प्रदिप पौडेलले अनशनस्थल पुगेर दुवैलाई अनशन स्थगित गर्न आग्रह गरेका छन् ।
नेताहरुले जिल्ला र क्याम्पसमा विधिवत् अधिवेशन नभई त्यत्तिकै गठन गरिएका समिति र फर्जी प्रतिनिधि खारेज हुनु पर्ने माग सम्बोधन गर्न नसकिने बरु अन्य मागमा चाहिँ लचक हुन सक्ने बताएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।