बिर्तामोड । नेकपा माओबाद्री केन्द्र झापाले सडक दुर्घटनामा परी ज्यान गुमाएका पूर्व अर्थ राज्यमन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष हरिराज खेवाको स्मृतिमा शोकसभा गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य राजु आचार्य अग्निले सोमबार मृतक खेवाको जीवनी तथा राजनीतिक पृष्ठभुमिको बारेमा बोल्दै शोक बक्तब्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पार्टीका पोलिट ब्यूरो सदस्यहरु झलकसिङ् दर्लामी, बिजय साम्पाङ राई, लगायतले शोक मन्तब्य राखेका थिए । गत साउन १३ गते धनकुटाको सिधवा गाबिसमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उनका दुई छोरी र श्रीमती रहेका छन् । खेवा ०६४ को पहिलो संविधानसभा निर्वाचनमा धनकुटाको क्षेत्र नम्बर २ बाट निर्वार्चित बनेका थिए ।
Facebook Comments Box